तुलसीपुर

तुलसीपुर–घोराही सडकखण्डको ग्वार खोलामा आएको बाढीले यात्रुवाहक बस बगाउँदा १२ जना यात्रु घाइते भएका छन् । "/>

बस बगाउँदा एक दर्जन यात्रु घाइते

बस बगाउँदा एक दर्जन यात्रु घाइते


तुलसीपुर

तुलसीपुर–घोराही सडकखण्डको ग्वार खोलामा आएको बाढीले यात्रुवाहक बस बगाउँदा १२ जना यात्रु घाइते भएका छन् । धनगडीबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ८१३६ नम्बरको यात्रुबाहक बस आइतबार बेलुका खोलाले बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

उनीहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । घाइते मध्ये दुई जना गम्भीर रहेको प्रहरीले जनाएको छ । लगातारको वर्षापछि स्थानीय खोलामा आएको बाढीले तुलसीपुर–लमही सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ ।

प्रहरीका अनुसार तुलसीपुर–लमही सडकखण्डको बबई, कटुवा खोला, सेवार, गुर्जे, ग्वारखोला लगायतका खोलामा आएको बाढीले दिउँसो देखि यातायात प्रभावित भएको हो । साना सवारी साधन सबै ठप्प भएका छन् भने ठूला सवारी साधन पनि फाटफुट सञ्चालन मात्र भएका छन् । खोलामा ठूला सवारी साधन जोखीम मोलेर सञ्चालन भए पनि साना सवारी साधनहरु भने चल्न सकेका छैनन् ।
रासस
तस्विरः अन्नपूर्णबाट

Logo