काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म पानी पर्ने बताएको छ । महाशाखाकाअनुसार आइतबार र सोमबार भारी वर्षा हुनेछ चने मंगलबार सामान्य वर्षा हुने अनुमान छ । "/>

यस्तो छ आगामी ३ दिनको मौसम

यस्तो छ आगामी ३ दिनको मौसम


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म पानी पर्ने बताएको छ । महाशाखाकाअनुसार आइतबार र सोमबार भारी वर्षा हुनेछ चने मंगलबार सामान्य वर्षा हुने अनुमान छ ।

मौसम विज्ञान विभागले आइतबारदेखि तीन दिनसम्म मौसम पूर्वानुमानबारे सूचना जारी गर्दै मंगलबारसम्मै पानी पर्ने जनाएको हो । आइतबार दिउँसोदेखि रातिसम्म पूर्ण बदली रही देशका धेरै पानी पर्ने उल्लेख गरेको छ । विभागका अनुसार आइतबार राती पश्चिमी क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यसैगरी सोमबार राति पनि मध्य र पश्चिमी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको मौषम विज्ञान विभागको भनाइ छ । मंगलबार भने पूर्वी स्थानमा मध्यमखालको वर्षा हुने अनुमान गरिएको छ । मंगलबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली हुने अनुमान गरिएको छ ।

यस्तो अवस्थामा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Logo