अन्य प्रदेश ४

पोखरामा एक भारतीय महिलाले आफैंलाई आगो लगाइन्

पोखरा । पोखरामा एक भारतीय महिलाले आफैलाई आगो लगाएकी छन् । पोखरा पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पताल अगाडि मट्टिटेल खन्याएर आगो लगाएकी हुन् । आफैंलाई आगो लगाएर महिला बाटोमा लडिबुडी खेलेपछि प्रत्यक्षदर्शीले आगो निभाएका थिए ।

आगो लागेर घाइते भएकी ति महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । आगो के कारणले लगाईन भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । ति महिलाको पहिचान समेत खुलेको छैन् ।

प्रकाशित: १६ पुस २०७५ १८:१८ सोमबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी