काठमाडौँ

एसियाली खेलकुद र साफ च्याम्पियनसिप फुटबलको बन्द प्रशिक्षणमा रहेका पाँच खेलाडी र टिमका व्यवस्थापक माथि अनुशासनको कारवाही हुने भएको छ । "/>

फुटबलर विमल घर्ती मगर सहित ५ खेलाडीलाई एन्फाले कारबाही गर्ने : यस्तो छ कारण !

फुटबलर विमल घर्ती मगर सहित ५ खेलाडीलाई एन्फाले कारबाही गर्ने : यस्तो छ कारण !


काठमाडौँ

एसियाली खेलकुद र साफ च्याम्पियनसिप फुटबलको बन्द प्रशिक्षणमा रहेका पाँच खेलाडी र टिमका व्यवस्थापक माथि अनुशासनको कारवाही हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई डिस्को गएर मादक पदार्थ सेवन गरेको आरोपमा ७२ घण्टा भित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिएको हो ।
राष्ट्रिय फुटबल टोलीका पाँच खेलाडीहरु विमल घर्तीमगर, अन्जन विष्ट, विशाल राई, हेमन्त थापा मगर र छिरिङ शेर्पा तथा व्यवस्थापक बाबुकाजी बस्नेतसँग लिइएको मौखिक जवाफ चित्त नबुझेकाले ७२ घण्टा भित्र लिखित जवाफ दिन निर्देशन दिइएको एन्फा प्रवक्ता किरण राईले बताए ।

उनले लिखित जवाफ पनि चित्त नबुझे के कार्वाही गर्ने भन्नेबारे छलफल हुने बताए । खेलाडीहरुले गत शुक्रबार राति डिस्को गएर मादक पदार्थ सेवन गरी होहल्ला गरेको सार्वजनिक भएपछि एन्फाले स्पष्टिकरण लिएको हो । एन्फाले होस्टल वार्डेन टक्कर थापालाई तीन दिनको र सेक्युरिटी कम्पनीलाई सात दिनको समय दिएको छ ।
राजधानीबाट

Skip This
Logo