काठमाडौँ

सरकारले सिधै भारत सरकारसँग रासायनिक मल खरिद गर्ने तयारी गरेको छ । विगतमा बोलपत्र मार्फत मल खरिद गर्दै आएकोमा सरकारले अब दुई सरकार (जीटूजी) बीच सम्झौता गरेर मल आयात गर्ने प्रक्रिया अघि बढाएको हो । "/>

तीन अर्बको मल किन्ने सरकारको तयारी

तीन अर्बको मल किन्ने सरकारको तयारी


काठमाडौँ

सरकारले सिधै भारत सरकारसँग रासायनिक मल खरिद गर्ने तयारी गरेको छ । विगतमा बोलपत्र मार्फत मल खरिद गर्दै आएकोमा सरकारले अब दुई सरकार (जीटूजी) बीच सम्झौता गरेर मल आयात गर्ने प्रक्रिया अघि बढाएको हो ।

किसानलाई समयमै गुणस्तरीय मल पुर्याउनको लागि जीटूजीबाट खरिद गर्न लागेको हो । सरकारले अनुदानमा रासायनिक मल खरिद गर्नको लागि चालु आर्थिक वर्ष ०७५, ७६ को लागि ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । सो मध्ये करिब तीन अर्ब रुपैयाँको मल सिधै भारत सरकारबाट र तीन अर्बको टेण्डर प्रक्रियाबाट किन्ने तयारी गरेको हो ।

कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट अनुदानमा दिने तीन लाख मेट्रिक टन मध्ये एक लाख ५० हजार मेट्रिक टन सिधै खरिद गर्न परराष्ट्र मन्त्रालय मार्फत भारतसमक्ष प्रस्ताव पठाएको छ । विनियोजित ६ अर्ब रुपैयाँ अनुदान मध्ये आधा तीन अर्ब रुपैयाँको जीटूजीबाट खरिद गरे पनि बांकी बोलपत्र मार्फत नै खरिद गर्छ । मुलुकमा वार्षिक करिब पाँच लाख मेट्रिक टन खपत हुने भए पनि तीन लाख अनुदान र दुई लाख निजी क्षेत्रले बिक्री गर्दै आएको छ ।

मलको अभाब हुन नदिन सिधै खरिद गर्ने तयारी गरेको मन्त्रालयले जनाएको छ । नियमित सप्लाईको व्यवस्था मिलाउन सिधै भारत सरकारबाट खरिद गर्ने प्रक्रिया अघि बढाएको मन्त्रालयका सचिव युवकध्वज जिसीले बताए । ‘मल अभाब नहोस् भन्ने मूख्य ध्येय हो,’ उनले भने, ‘दुवै प्रक्रियाबाट (बोलपत्र, जीटूजी) बाट खरिद गर्छौं ।’
नागरिकबाट

Logo