‘अब कि प्रचण्ड हटनु पर्छ कि म हटनु पर्छ’ : प्रधानमन्त्री ओली (भिडियोसहित)

‘अब कि प्रचण्ड हटनु पर्छ कि म हटनु पर्छ’ : प्रधानमन्त्री ओली (भिडियोसहित)


काठमाडौं ।

हरेक महिनाजसो आन्तरिक विवादमा उत्रिएर सहमति गर्दै आएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु पछिल्लो समय उत्पन्न कलहलाई पार्टीका आधिकारिक बैठकमा पुनः छलफलमा ल्याउन तयार भएका छन् ।

बुधबारका लागि तोकिएको सचिवालय बैठक बस्ने, नबस्ने भन्ने अन्योलबीच बसेको सचिवालय बैठकले अबको १० दिनपछि यही मङ्सिर १३ गते सचिवालयको अर्को बैठक र त्यसपछि क्रमशः स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक आह्वान गरेकाले बैठकभन्दा बाहिर गुटउपगुटमा छरिएर हुने अन्तरविरोध पार्टीका संयन्त्रमा पुग्ने भएका हुन् ।

कम्युनिष्ट पार्टीका आलोचना र आत्मालोचनालाई साङ्गठनिक विधिकै अङ्ग मानिए पनि पछिल्लो समयमा अध्यक्षद्वयकै बीचमा लिखित आरोप–प्रत्यारोप भएपछि कोभिड–१९ को रोकथाम र नियन्त्रयण तथा आर्थिक समृद्धिका लागि काम गर्नुपर्ने समयमा राजनीतिक विवादले कस्तो रुप लेला भन्ने कूतुहलता जगाएको थियो । यहि सन्दर्भमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले गरेको सम्बोधन हेरौं यो भिडियोमा :

Logo