काठमाडौं

२० दिन देखि जुम्लामा अनसन बसेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई काठमाडौं ल्याइएपछि भेट्न अभिनेत्री मनिषा कोइराला शिक्षण अस्पताल महाराजगञ्ज पुगेकी छिन् । "/>

डा केसीलाई भेट्न मनिषा कोइराला शिक्षण अस्पतालमा

डा केसीलाई भेट्न मनिषा कोइराला शिक्षण अस्पतालमा


काठमाडौं

२० दिन देखि जुम्लामा अनसन बसेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई काठमाडौं ल्याइएपछि भेट्न अभिनेत्री मनिषा कोइराला शिक्षण अस्पताल महाराजगञ्ज पुगेकी छिन् । अभित्रेनी कोइरालाले केसीलाई शिक्षण अस्पतालको गणेशमान भवनमा पुगेर भेटेकी हुन् ।

कोइरालाले केसीसँग उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् । केसीले थोरै मात्र बोल्न चाहेपछि मनिषाले उनको उपचारमा संलग्न चिकित्सकसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् ।

डा केसीलाई बिहीबार साँझ जुम्लाबाट ल्याएर त्रिवि शिक्षण अस्पताल पुर्याइएको हो । नेपाली सेनाको हेलिकोप्टर टुँडिखेलमा अवतरण गरेपछि केसीलाई सिधै अस्पताल पुर्याइएको थियो । केसीलाई उपचारका लागि शिक्षण अस्पताल पुर्याइएको भए पनि केसीले आईसियूमा बसेर उपचार गर्न अस्वीकार गरेका छन् ।
समाचार र तस्विरः अन्नपूर्णबाट

Logo