काठमाडौं

बागलुङको गल्कोट नगरपालिका–११ रिघा भालुपाइलेस्थित रईले खोला नजिक जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । "/>

बागलुङमा जिप दुर्घटना : पत्रकार महासंघका पूर्वमहासचिव उजिर मगर सहित १४ जना घाइते

बागलुङमा जिप दुर्घटना : पत्रकार महासंघका पूर्वमहासचिव उजिर मगर सहित १४ जना घाइते


काठमाडौं

बागलुङको गल्कोट नगरपालिका–११ रिघा भालुपाइलेस्थित रईले खोला नजिक जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । बागलुङ बजार देखि बुर्तिवाङका लागि छुटेको ध १ ज १४९ नम्बरको जिप अनियिन्त्रत भई सडक नालीमा पल्टिएको थियो ।

जिपमा सवार १४ घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी नायव निरीक्षक मनबहादुर विकले जानकारी दिए । जिपमा आवश्यक भन्दा बढी यात्रु राखेकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

गम्भिर घाइते हुनेमा पत्रकार महासंघका निर्वतमान महासचिव ढोरपाटन नगरपालिका–४ का उजिर मगर, बडीगाड गाउँपालिका–५ की संगीता पुन, गल्कोट नगरपालिका–१० पाण्डवखानीका दीपक पुन र बडीगाड–९ का दिलेन्द्र बुढामगर रहेका छन् ।

अन्य घाइतेमा बेनी नगरपालिका–३ की तिर्सना छन्त्याल, सोही स्थानकी कल्पना छन्त्याल, बडीगाड गाउँपालिका–९ का सुमन बुढा मगर र काठेखोला गाउँपालिका–३ धम्जाका टिकाराम नेपाली रहेको प्रहरी नायव निरीक्षक विकले जानकारी दिए । गम्भीर घाईते सहितका ८ जनालाई आरोग्य अस्पताल हटियामा उपचार गराएपछि थप उपचारका लागि पोखरा रिफर गरिएको उनले जानकारी दिए ।
नयाँ पत्रिकाबाट

Logo