काठमाडौँ

नेपाल चिकित्सक संघले प्रा डा गोविन्द केसीको माग प्रति बेवास्ता गरिए देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङ होम, क्लिनिक लगायत स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चित कालका लागि बन्द गर्ने चेतावनी दिएको छ । "/>

माग पूरा नभए सबै सेवा बन्द गर्ने चेतावनी : ७२ घण्टा भित्र माग पूरा गर्न सरकारलाई अल्टिमेटम

माग पूरा नभए सबै सेवा बन्द गर्ने चेतावनी : ७२ घण्टा भित्र माग पूरा गर्न सरकारलाई अल्टिमेटम


काठमाडौँ

नेपाल चिकित्सक संघले प्रा डा गोविन्द केसीको माग प्रति बेवास्ता गरिए देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङ होम, क्लिनिक लगायत स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चित कालका लागि बन्द गर्ने चेतावनी दिएको छ । संघले डा. गोविन्द केसीले उठाएका माग ७२ घण्टाभित्र पूरा गर्न सरकारलाई ‘अल्टिमेटम’ दिएको छ । 

संघका महासचिव डा लोचन कार्कीले सोमबार विज्ञप्ति जारी गरी असार १६ गते देखि जुम्लामा अनशनरतसंघका आजीवन सदस्य प्रा डा केसीको जीवन रक्षाका निम्ति प्रधानमन्त्री, शिक्षामन्त्री, स्वास्थ्यमन्त्री लगायत राजनीतिक दलका शीर्ष नेतालाई उहाँहरुको पार्टी कार्यालय तथा घरदैलामा भेटी जीवन रक्षाका निम्ति आग्रह गर्दा समेत सरकारले प्रा डा केसीको जीवनरक्षाका लागि कुनै चासो नदेखाएको र सरकारका तर्फबाट कुनै पनि जिम्मेवारी बोध नगरिएको परिस्थिति भनी चिन्ता व्यक्त गरेका छन् ।
रासस

Skip This
Logo