रूस

ब्राजिलियन फुटबल टोलीका स्ट्राइकर नेइमार राम्रो खेलका कारण नभई यतिबेला गलत नियतका कारण विश्वभरी नै चर्चामा छन् । "/>

५ फन्को घुम्दै मैदानमा लडेका नेइमारको सर्वत्र आलोचना

५ फन्को घुम्दै मैदानमा लडेका नेइमारको सर्वत्र आलोचना


रूस

ब्राजिलियन फुटबल टोलीका स्ट्राइकर नेइमार राम्रो खेलका कारण नभई यतिबेला गलत नियतका कारण विश्वभरी नै चर्चामा छन् । २१ औं संस्करणको रूस विश्वकपमा निरन्तर फाउलको शिकार भएका नेइमार फाउलपछिको अभिनयका कारण सर्वत्र आलोचित भएका हुन् । अघिल्लो वर्ष स्पेनीस क्लब बार्सिलोनाबाट किर्तिमानी १९ करोड ८० लाख पाउण्डमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) गएका नेइमार रसिया विश्वकपका सर्वाधिक महंगा खेलाडी हुन् ।

प्रि क्वाटरफाइनलमा मेक्सिकोका मिग्वेल लायनले खुट्टा टेके लगत्तै नेइमार नाटकीय शैलीमा मैदानमा लडेका थिए । मेक्सिकोसँगको खेलमा लड्दा उनले शरिरलाई ५ पटक मैदानमा घुमाउँदै पछारिएका थिए । त्यस्तै स्विट्जरल्याण्डसँगको खेलमा पनि मैदानमा लडेका नेइमारले विश्वकपमा कुल १४ मिनेट लडेर र फाउल अपिल गरेर बिताएका थिए । २६ वर्षीय नेइमार जुनसुकै खेलमा पनि धेरै लड्ने खेलाडीमा पर्छन् ।

नेइमारको टोली ब्राजिल क्वाटरफाइनलमा बेल्जियमसँग पराजित हुँदै घर फर्किसकेको छ । नेइमारले रूस विश्वकपमा मेक्सिको र कोष्टारिका विरुद्ध मात्र एक–एक गोल गरेका थिए ।
नागरिकबाट

Logo