प्रदेश ४ को नाम अब ‘गण्डकी प्रदेश’

प्रदेश ४ को नाम अब ‘गण्डकी प्रदेश’


प्रदेश ४ को नामाकरण गरिएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकले दुई तिहाई बहुमतका आधारमा प्रदेशको नाम गण्डकी राख्ने प्रस्ताव पास गरेको छ ।

प्रस्तावको पक्षमा ५४ मत परेको थियो भने नयाँ शक्ति पार्टीका २ जना सांसदले विपक्षमा मत दिएका थिए ।

प्रदेशको स्थायी राजधानी पोखरा तोकिएको छ ।

Logo