माइक्रोबस दुर्घटना, चारजना गम्भिर घाइते

माइक्रोबस दुर्घटना, चारजना गम्भिर घाइते


धनकुटाको रमाइलो घुम्तीमा माइक्रोबस दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।

धनकुटाको हिलेबाट धरानतर्फ जाँदै गरेको को१ख २८४७ नम्बरको माइक्रोबस आज बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका सहचालक सुरज तामाङ, यात्रु कमला भुजेल, ईश्वरी पौडेल र उमेश पोखे्रललाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला ट्राफिक प्रहरी धनकुटाका प्रमुख सुरेन्द्र खड्काले बताए ।

घाइते अन्य १४ जना जिल्ला अस्पताल धनकुटामा सामान्य उपचारपछि घर फर्केका छन् ।

Logo