काठमाडौं

महानगरीय प्रहरी परिसर काठमाडौँले ६ किलोग्राम सुन सहित एक जनालाई पक्राउ गरेको छ । "/>

नागढुंगाबाट ६ किलोग्राम सुन सहित एक जना पक्राउ

नागढुंगाबाट ६ किलोग्राम सुन सहित एक जना पक्राउ


काठमाडौं

महानगरीय प्रहरी परिसर काठमाडौँले ६ किलोग्राम सुन सहित एक जनालाई पक्राउ गरेको छ । परिसर अन्तर्गत रहेको महानगरीय प्रहरी प्रभाग नागढुंगाले विशेष सूचनाका आधारमा मोटरसाइकलमा सुन राखेर चीनको केरुङबाट काठमाडौँ आउँदै गर्दा आइतबार बेलुका ७ बजे एक जनालाई पक्राउ गरेको हो ।

परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले सुन तस्करीमा धेरै मानिसहरुको संलग्न रहेकाले अहिले नाम मोटरसाइकल नम्बर र पक्राउ व्यक्तिको नाम नखुलाएको बताए । प्रहरीले शनिबार नागढुंगाबाट तीन किलोग्राम सुन सहित चार भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरिसकेको छ ।
रासस

Logo