काठमाडौं

राजधानीको मुलपानी र बौद्ध नजिकको जम्बुडाँडामा प्रहरी र लुटेरा समूहबीच गएराती गोली हानाहान भएको छ । "/>

राजधानीमा प्रहरी र लुटेरा समूहबीच गोली हानाहान : १ जना घाइते

राजधानीमा प्रहरी र लुटेरा समूहबीच गोली हानाहान : १ जना घाइते


काठमाडौं

राजधानीको मुलपानी र बौद्ध नजिकको जम्बुडाँडामा प्रहरी र लुटेरा समूहबीच गएराती गोली हानाहान भएको छ । घटनामा १ जना घाइते भएका छन् । घाइते हुनेमा खुडे भन्ने अमर बहादुर तामाङ रहेका छन् । उनको खुट्टामा चोट लागेको छ ।

तामाङको समूहलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गर्न खोज्दा प्रहरी माथि गोली चलाएपछि गरेपछि प्रहरीले जवाफी फायर गरी नियन्त्रणमा लिएको हो। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहका अनुसार उनको साथबाट १२ सय डलर तथा डलर साइजका कागज र पेस्तोल सहित २ राउण्ड गोली बरामद भएको छ ।

तामाङको समूहले जेठ २४ गते ताप्लेजुङ घर भई काठमाडौंको चौमती बस्ने वीरेन्द्र तामाङलाई डलर साटिदिन्छु भनी लोभ्याएर साखुको जंगलमा लगी १९ लाख लुटेर भागेका थिए ।त्यसैगरी २८ गते चितवन चापाकोट घर भएका राज भण्डारीको ८ लाख रुपैयाँ लुटेका थिए । सो समूहले सूर्यविनायकको जंगलमा लगी भण्डारीलाई कुटपिट गरी लुटपाट गरेका हुन् ।
नागरिकबाट

Logo