ट्रेड युनियन कांग्रेसमा पुष्कर आचार्य विजयी

ट्रेड युनियन कांग्रेसमा पुष्कर आचार्य विजयी


नेपाली काँग्रेस निकट नेपाल ट्रेड युनियनको नयाँ नेतृत्वमा पुष्कर आचार्यको प्यानल विजयी भएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौंला समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका आचार्यले २ सय ८२ मतको अन्तरले विजय प्राप्त गरे । आचार्यले ८ सय १८ मत ल्याए भने उनको प्रतिस्पर्धी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्यानलका खिलानाथ दाहालले ५ सय ३६ मत मात्र प्राप्त गरे । त्यस्तै गरी वरिष्ठ उपाध्यक्षमा आचार्य प्यानलकै महेन्द्र प्रसाद यादब ६६८ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी अयोध्याप्रसाद यादव ५६७ मत ल्याए ।

खुल्ला उपाध्यक्षमा तेजेन्द्रजंग कार्की ७९८ मत ल्याएर विजयी भए । उनीसग प्रतिस्पर्धा गरेका अजय कुमार राईले ७७०, डिपी अर्यालले ४५० मत र बमबहादुर डिसीले ४१५ मत ल्याए । त्यस्तैगरी महिला उपाध्यक्षतर्फ इन्दिरा सापकोटाले ७२२ मत ल्याएर विजयी भइन । उनकी प्रतिस्पर्धी कल्पना अधिकारीले ५९६ मत ल्याइन ।
उपाध्यक्ष(सेवातर्फ)मा नेत्रविक्रम थापाले ७६१ मत ल्याएर विजयी भए भने शंकर ५२८ मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्ष (उत्पादनतर्फ) ललितबहादुर श्रेष्ठले ८०८ मत ल्याएर विजयी भए भने युवराज लामाले ७७० मत मात्र प्राप्त गरे । उपाध्यक्ष(अनौपचारिक तथा रोजगार तर्फ)आशा सिंह राठौरले ७४२ मत ल्याए भने नुर महम्मत रैनले ४९० मत मात्र प्राप्त गरे ।

महासचिबमा योगेन्द्र कुमार कुँवरले ७४९ मत ल्याए भने संजयप्रसाद मिश्रले ५५१ मत प्राप्त गरे । अन्तिम मत परिणाम सार्बजनिक हुन बाँकी छ ।

Logo