प्रदेश ५ को बजेट २८ अर्ब ९ करोड

प्रदेश ५ को बजेट २८ अर्ब ९ करोड


प्रदेश ५ ले आगामी आर्थिक वर्षको लागि २८ अर्ब ९ करोड ३० लाख रुपैयाँको बजेट विनियोजन गरेको छ। आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका शंकर पोखरेलले बजेट प्रस्तुत गरेका हुन् ।

विनियोजन गरिएको रकमको झण्डै ६० प्रतिशत पुँजीगत खर्चमा छुट्याएको छ । बजेटमा ११ अर्ब ४६ करोड ५९ लाख चालु खर्चको लागि छुट्याइएको छ। चालु वर्षको लागि ४० प्रतिशत रकम छुट्याइएकोमा पुँजीगत खर्चको लागि १६ अर्ब ६५ करोड ६३ लाख अर्थात ५९.२० प्रतिशत रहेको छ।

विनियोजित रकममध्ये संघीय सरकारबाट सःर्शत अनुदान १ अर्ब ६७ करोड ३ लाख रूपैयाँ रहेको छ । संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान ६ अर्ब ८६ करोड ९७ लाख रूपैयाँ रहेको छ । राजश्व बाँडफाँड ८ अर्ब ५५ करोड ३ लाख रूपैयाँ रहेको छ । प्रदेशको सःर्शत अनुदान ९ अर्ब ६७ करोड ३ लाख रुपैयाँ रहेको छ ।

Logo