वासिङ्टन ।

अमेरिकी विदेशमन्त्री माइक पेम्पेओले कोरियाली प्रायद्धीपको विषयमा चीनको भुमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । "/>

कोरियाली प्रायद्धीपको विषयमा चीनको भूमिका महत्वपूर्ण: अमेरिकी विदेशमन्त्री

कोरियाली प्रायद्धीपको विषयमा चीनको भूमिका महत्वपूर्ण: अमेरिकी विदेशमन्त्री


वासिङ्टन ।

अमेरिकी विदेशमन्त्री माइक पेम्पेओले कोरियाली प्रायद्धीपको विषयमा चीनको भुमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । केही विदेशी सञ्चारमाध्यमलाई दिनुभएको अन्तरवार्तामा उहाँले भन्नुभएको छ— यस विषयमा चीनको भूमिका महत्वपूर्ण हुनेछ, उसले खेल्ने भूमिकाको बारेमा हामीले प्रसस्त मात्रामा कुरा गर्ने सक्नेछौँ । 

अमेरिका र उत्तर कोरियाबीच आगामी मङ्गलबार शिखर वार्ताको आयोजना गरिएको छ । त्यसका लागि दुवै देशले वार्ताको अन्तिम तयारी भएको जनाएका छन् । सो वार्ताको बारेमा अमेरिकी विदेशमन्त्रीले दिनुभएको यो प्रतिक्रियालाई अर्थपूर्ण रुपमा लिइएको ती अन्तरवार्तामा पनि विभिन्न छ । 

उहाँको भनाई थियो चीनले अहिलेसम्म खेलेको भूमिका भने सकारात्मक नै छ । यसै वार्ताको विषयलाई लिएर उत्तर कोरियाली नेताले चिनियाँ राष्ट्रपति किम जोङ उनसँग भेटवार्ता गरिसक्नुभएको छ त्यसैले यो वार्ताको वातावरण निर्माण पनि भएको छ । 

चीनले सकारात्मक र रचनात्मक रुपमा यस वार्तालाई लिने हो भने कोरियाली प्रायद्धीपमा शान्तिको स्थापना र दुई कोरियालीबीचको युद्धको अन्त्य धेरै टाढा छैन— सो अन्तरवार्तामा उहाँले बताउनुभएको छ । 

विदेशमन्त्री पेम्पेओ आगामी जुन १४ मा चीन जानुहुने भएको छ । सो अन्तरवार्तामा उहाँले आफू आगामी हप्ता चीन भ्रमणमा जान लागेको कुरा पनि सार्वजनिक गर्नुभएको छ । उहाँले भन्नुभएको छ— चीन अमेरिकापछिको विश्वको ठूलो अर्थतन्त्र र उत्तर कोरियाको छिमेकी पनि हो यस कारणले पनि अमेरिका र उत्तर कोरियाबीचको आगामी शिखर वार्ताबारे उसले निर्वाह गर्ने भूमिका बडो महत्वपूर्ण हुनेछ । 

यसै अन्तरवार्तामा उहाँले सकारात्मक भूमिका खेल्न पनि चीनलाई सुझाव दिनुभएको छ । उहाँले कोरियाली प्रायद्धीपको समस्यालाई शान्तिपूर्ण मध्यमबाट समाधान गर्नु नै सबैको हितमा रहेको पनि बताउनुभएको छ । रासस/सिन्ह्वा

Logo