काठमाडौं

प्रधानन्यायाधीश नियुक्त गर्न आदेशको माग गर्दै दायर गरिएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । "/>

प्रधानन्यायाधीश नियुक्ति सम्बन्धी रिट खारेज

प्रधानन्यायाधीश नियुक्ति सम्बन्धी रिट खारेज


काठमाडौं

प्रधानन्यायाधीश नियुक्त गर्न आदेशको माग गर्दै दायर गरिएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलाशले अदालतलाई नभई संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश सिफारिश गर्ने अधिकार भएको हुँदा अदालतलको क्षेत्राधिकार भित्र नभएको भन्दै सो रिट निवेदन खारेज गरेको हो ।

प्रधानन्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले योग्यता पुगेका न्यायाधीशको सूची पठाइसकेको र संवैधानिक परिषद्ले उचित निर्णय गर्ने नै भएकाले इजलासले आफ्नो क्षेत्राधिकार भन्दा बाहिरको कुरामा न्यायिक हस्तक्षेप आवश्यक नभएको आदेशमा उल्लेख छ । प्रधानन्यायाधीशको नियुक्ति गर्न आदेशको माग गर्दै अधिवक्ताहरु सन्तोष भण्डारी र लक्ष्मीप्रसाद पोखरेलले गत जेठ २ र १६ गते छुट्टाछुटै रिट निवेदन दायर गरेका थिए ।

तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले पदबाट राजीनामा दिएपछि गत चैत १ गते देखि सो पद रिक्त छ । संसदीय सुनुवाइ समिति बन्न नसकेको हुँदा संवैधानिक परिषद्को बैठक बस्न सकेको छैन ।
रासस

Logo