गोरखा

१२ वैशाख २०७२ मा गएको भूकम्पको त्रास अहिले सम्म नै ताजै छ । बारपाक–सुलिकोट गाउँपालिका–२ बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ रेक्टरस्केलको भूकम्पले गोरखामा मात्रै ६० हजार घर ध्वस्त पारेको थियो भने ४७२ जनाको ज्यान लिएको थियो । "/>

गोरखा भूकम्पको केन्द्र बारपाकको मौलिकता फेरिदैं

गोरखा भूकम्पको केन्द्र बारपाकको मौलिकता फेरिदैं


गोरखा

१२ वैशाख २०७२ मा गएको भूकम्पको त्रास अहिले सम्म नै ताजै छ । बारपाक–सुलिकोट गाउँपालिका–२ बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ रेक्टरस्केलको भूकम्पले गोरखामा मात्रै ६० हजार घर ध्वस्त पारेको थियो भने ४७२ जनाको ज्यान लिएको थियो ।

भूकम्पले धनजनको क्षति त ग¥यो नै विकासमा केही फड्को मार्न समेत सहयोग ग¥यो । गोरखामा राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको भीड नै लागेको थियो । २ सय संस्थाले राहत र विकासका लागि सहयोग गरेका थिए । यी संस्था गोरखाबाट बिदा भइसकेका छन् ।

भूकम्पको केन्द्रबिन्दु बारपाकमा मात्रै ७२ जनाले ज्यान गुमाएका थिए । यहाँ १ हजार ३०१ घर भत्किएका थिए । अहिलेसम्म ९३८ जनाले दोस्रो किस्ता र ५४३ जनाले तेस्रो किस्ताबापतको रकम बुझिसकेका छन् । बारपाकमा अहिले निजी आवास पुनर्निर्माणको काम धमाधम भइरहेको छ । विगतमा ढुंगाको छानो र ढुंगाकै गारो भएका एकै स्वरूपका परम्परागत मौलिक घरका लागि पहिचान बनाएको बारपाक पुनर्निर्माणपछि भने फेरिएको छ ।

यसैगरी लाप्राकमा भूकम्पपीडितका लागि गैरआवासीय नेपाली संघको सहयोगमा नमुना बस्ती निर्माण भइरहेको छ । लाप्राकको पुरानो बस्ती पहिरोको जोखिमका कारण बस्नै नमिल्ने भएपछि लाप्राककै गुप्सीपाखामा ५७३ घरको निर्माण कार्य भइरहेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्याकं अनुसार ६१ हजार ३१६ लाभग्राही रहेको गोरखामा ५२ हजार ४४८ घर निर्माणाधीन अवस्थामा छन् । ती मध्ये ४२ हजार ६४७ जनाले दोस्रो किस्ताका लागि आवेदन दिएकोमा ४२ हजार ८९ जनाले रकम नै प्राप्त गरिसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ । यसैगरी १६ हजार ५०८ लाभग्राहीले घर निर्माण कार्य सम्पन्न गरी तेस्रो किस्ता माग गरेकोमा १५ हजार ९७० जनाले पाइसकेका छन् ।
राजधानीबाट

Skip This
Logo