रिचार्जर एप्सको झण्डा सगरमाथाको चुचुरोमा, के हो रिचार्जर एप्स ?

रिचार्जर एप्सको झण्डा सगरमाथाको चुचुरोमा, के हो रिचार्जर एप्स ?


‘नेपाली एप्स, हामी नेपालीहरुकै लागि’ भन्ने नाराका साथ सेवा सुरु गरेको रिचार्जरको लोगोसहितको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फ़हराइएको छ । रिचार्जरको लोगो अंकित झण्डा मे १८ तारिखका दिन २३ वर्षीय साहसी युवक नर्बिन मगरले सगरमाथा शिखरमा फहराएका हुन् ।

नेपालमा ब्राण्डेड अनलाइन शपिंग हबमा बलियो उपस्थिती जनाउने लक्ष्य सहित ग्लोबल की टेकेनोलोजीले मोबाइल एप्स रिचार्जर सञ्चालनमा ल्याएको हो ।
यो एप्सबाट सामान खरिद गर्दा शतप्रतिशत क्यास व्याक पाउनका लागि एप्प्लको एप स्टोर तथा गुगल प्लेस्टोरबाट एप्स डाउनलोड गरी खाता खोल्नुपर्ने हुन्छ । यसरी खाता खोल्दा प्रयोगकर्ताले तत्काल एक सय रुपैंया क्यास व्याक पनि पाउने छन् ।

जतिको रिचार्ज त्यति नै क्यास ब्याक दिने पहिलो नेपाली एप्स रिचार्जरमा ब्राण्डेड सामान मात्र उपलब्ध हुनेछन् । रिचार्जरबाट मुभी टिकेट, एयर टिकेट, बस टिकट पाउनुका साथै विभिन्न किसिमका महसुल बारकोड बाट भुक्तान गर्न सकिन्छ ।

दैनिक उपभोग्य सामान, लत्ता कपडा, विद्युतीय तथा मेशिनरी सामान पाइने रिचार्जरमा साइकलदेखि गाडीसम्मका उत्पादनका साथै नुनदेखि सुनसम्मका वस्तु उपलब्ध गराउने काम तिब्र रुपमा भैरहेको जनाएको छ ।

Logo