पाल्पा शोकमग्न: १३ जनाको मृत्यु, ११ जना घाइते (नामावलीसहित)

पाल्पा शोकमग्न: १३ जनाको मृत्यु, ११ जना घाइते (नामावलीसहित)


पाल्पामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।

मृत्यु हुनेमा तानसेन ४ का विष्णुमान बज्राचार्य, तानसेन ३ का देवेन्द्रलाला प्रधान, तानसेन ३ कृष्णमान बज्राचार्य, तानसेन ३ का छत्रमान शाक्य, तानसेन ६ का सुशिलप्रसाद श्रेष्ठ, तानसेन ४ का कृष्णबहादुर बोहोरा, तानसेन ६ का दुर्गाबहादुर सारु, तानसेन २ का लोकनाथ ढकाल, तानसेन ३ का बसन्ती खाण, तानसेन ६ का गीता बुढाथोकी, तानसेन ३ कमला कार्की रहेका छन । एक जना महिलाको नाम खुल्न सकेको छैन । कमला कार्कीको लुम्विनी मेडिकल कलेजमा र सचिन बज्राचार्य मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइते हुनेहरुमा तानपा–२ को प्रफुल्ल शर्मा, तानपा ६ का विमल रज्जन (सहचालक), तानपा ३ का उत्तमकुमार बज्राचार्य, तानपा २ का ओम मलेगो, मुना सारु, तानपा ६ की मिना खाम्चा, तानपा ६ कै अर्जुन थापा (चालक) र तानसेन कै पुनमाया महर्जन, शान्त बज्राचार्य, प्रविन बज्राचार्य रहेका छन् । प्रविन बज्राचार्य लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ भने अन्य ८ जनाको मिसन हस्पिटलमा उपचार भइरहेको छ । घटनापछि पाल्पा शोकमग्न बनेको छ । 

तानसेनबाट रामपुर जादै गरेको लु २ ख ९७५ नम्बरको बस रम्भा गाउँपालिका ४ हुमिनमा दुर्घटना भएको थियो । लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनका अध्ययन भ्रमण टोली लिएर रामपुर जादै गरेको बस शुक्रबार बिहान ९:१५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

Logo