काठमाडौँ

सत्तारुढ दलका सांसद गजेन्द्र बहादुर महतले बिहीवार प्रतिनिधि सभामा बजेट माथिको छलफलमा भाग लिए । "/>

४ करोड चाहिदैन, फिर्ता लैजानुस अर्थमन्त्री ज्यु : सांसद गजेन्द्र बहादुर

४ करोड चाहिदैन, फिर्ता लैजानुस अर्थमन्त्री ज्यु : सांसद गजेन्द्र बहादुर


काठमाडौँ

सत्तारुढ दलका सांसद गजेन्द्र बहादुर महतले बिहीवार प्रतिनिधि सभामा बजेट माथिको छलफलमा भाग लिए । जुम्लाका यी माननीयले निकै भावनात्मक हुँदै बजेटबाट कर्णालीबासी हेपिएको भनाई राखे । महत तत्कालिन माओवादी केन्द्रबाट विजयी हुन् । उनको भनाईको सार यहाँ प्रस्तुत गरिएको छ ।

समग्रमा बजेट स्वागतयोग्य नै छ । बजेट हल्लिन गाह्रो छ । तर बजेटले मलाई हल्लाइराखेको छ । मेरो जुम्लालाई हल्लाई राखेको छ । बजेट आकाशको फल आँखातरि मर वा लङ्कामा सुन छ कान मेरो बुच्चै भन्ने उखान जस्तै भएको छ ।

यो बजेट सांसद तह लगाउने खालको छ । कोही मन्त्री भएँ भन्दैमा हामीलाई बाँधेर राख्न पाइन्छ ? हामीलाई तह लगाउन पाइन्छ ? हामीलाई अपमानित गर्न पाइन्छ ? हामीलाई वडाध्यक्षको ठाउँमा लगेर राख्न पाइन्छ ? कोही मन्त्री हुँदैमा सांसदलाई अपमानित गर्न पाइदैन । जनताको भोट पाएर चुनिएका हौं । अर्थमन्त्री ज्यू चाहिने कुरा गर्नुस्, चाहिएको छैन त्यो ४ करोड ।

स्थानीयतहमा वडा सदस्य बसालेर हामीले विनियोजन गर्नुपर्ने रे , यो कंही मिल्ने कुरा हो ? कसले सहन्छ यस्तो कुरा ? यो कुरामा अर्थमन्त्रीले सोचुन । कोही मन्त्री हुँदैमा सांसदलाई अपमानित गर्न पाइँदैन । नेताहरु जाने ठाउँमा जति विकास बजेट छ त्यही चाहियो हामीलाई । त्यती हो । ४ करोडले हामी सांसद असाध्यै अपमानित भएका छौं ।
नागरिकबाट

Logo