नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कसैले गेट आउट भन्दैमा आफूले पार्टीको नेतृत्व नछोडने स्पष्ट पार्नु भएको छ ।

सभापति देउवाले पार्टीलाई एकतावद्ध बनाएर लैजाने दायित्वप्रति आफू सचेत रहेको पनि स्पष्ट पार्नु भयो । "/>

कसैले ‘गेटआउट’ भन्दैमा राजीनामा दिन्न – शेरबहादुर देउवा (भिडियोमा)

कसैले ‘गेटआउट’ भन्दैमा राजीनामा दिन्न – शेरबहादुर देउवा (भिडियोमा)


नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कसैले गेट आउट भन्दैमा आफूले पार्टीको नेतृत्व नछोडने स्पष्ट पार्नु भएको छ ।

सभापति देउवाले पार्टीलाई एकतावद्ध बनाएर लैजाने दायित्वप्रति आफू सचेत रहेको पनि स्पष्ट पार्नु भयो । पार्टी निकट नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले ३ वर्ष पछि पार्टीको महाधिवेशन हुने र त्यसमा पनि आफूले नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने दावी समेत गर्नु भयो ।

सभापति देउवाले महाधिवेशनबाट निर्वाचित सभापतिलाई गेट आउट भन्ने अधिकार कसैलाई नरहेको तर्क पनि गर्नुभयो । उहाँले दुई ठूला कम्युनिष्ट पार्टी मिलेका कारण पार्टीले निर्वाचनमा हार्नु परेको पनि दोहोर्‍याउनु भयो । सभापति देउवाले निर्वाचनको हारबाट नआत्तिन पनि पार्टीका नेता, कार्यकर्तालाई पुनः आह्वान गर्नु भयो । उहाँले आगामी निर्वाचनमा पार्टीलाई पूरानै अवस्थामा फर्काउने प्रतिबद्धता दोहोर्‍याउँदै पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध भएर अघि बढन पनि सचेत गराउनु भयो ।

सभापति देउवाले पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा काँग्रेस प्रतिवद्ध रहेको पनि बताउनु भयो । कार्यक्रममा बोल्दै पार्टीका महामन्त्री डा. शशांक कोइरालाले नेपाली काँग्रेसको भविष्य राम्रो रहेको उल्लेख गर्दै पार्टीलाई एकतावद्ध बनाएर लैजान पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

महामन्त्री कोईरालाले पार्टी एकतालाई बलियो बनाएर लैजाने काममा सहयोग गर्न प्रेस युनियनका नेतृत्वसँग पनि आग्रह गर्नु भयो ।

Logo