खोटाङ

जिल्ला समन्वय समिति महासंघ नेपाल प्रदेश १ ले स्थानीय तहका जनप्रतिनिधिको मर्यादाक्रम अनुसार सेवा सुविधा नतोकिएको भन्दै असन्तुष्टि जनाएको छ । "/>

स्थानीयतहका जनप्रतिनिधिको सेवासुविधा नतोक्दा असन्तुष्टि

स्थानीयतहका जनप्रतिनिधिको सेवासुविधा नतोक्दा असन्तुष्टि


खोटाङ

जिल्ला समन्वय समिति महासंघ नेपाल प्रदेश १ ले स्थानीय तहका जनप्रतिनिधिको मर्यादाक्रम अनुसार सेवा सुविधा नतोकिएको भन्दै असन्तुष्टि जनाएको छ ।

महासंघको मंगलबार बिराटनगरमा भएको बैठकले प्रदेश १ सरकारले वडा सदस्य देखि जिल्ला समन्वय समितिका प्रमुखमा चुनिएका जनप्रतिनिधिको मर्यादा अनुसार तलब तथा सेवासुविधा निर्धारण नगरेको भन्दै असन्तुष्टि पोखेका हुन् । स्थानीयतह मध्ये जिल्ला समन्वय समितिका प्रमुखको मर्यादा सबैभन्दा माथि भए पनि प्रदेश सरकारले सेवासुविधा निर्धारणमा तल पारेको जिल्ला समन्वय समिति महासंघ नेपाल प्रदेश १ ले जनाएको छ ।

बैठकले मर्यादाक्रम अनुशार तलव निर्धारणमा पुनर्विचारका लागि आवाज उठाउने निर्णय गरेको जिल्ला समन्वय समिति महासंघ नेपाल प्रदेश १ का अध्यक्ष बवी चामलिङले बताए । ‘मर्यादाक्रममा जिससका प्रमुख सबैभन्दा माथि छ, तर तलब निर्धारणमा भने मर्यादालाई ख्याल गरेको देखिएन,’ जिल्ला समन्वय समिति खोटाङका प्रमुख समेत रहेका चामलिङले भने, ‘बैठकमा मर्यादाक्रमको आधारमा सेवासुविधा तोक्नका लागि माग गर्ने निर्णय भएको छ ।

गत वैशाख २४ गते तोकिएको सेवासुविधामा जिससका प्रमुख, उपप्रमुख र सदस्यको बैठकको भत्तामा समेत एकरूपता कायम गर्नुपर्ने देखिएको चामलिङले बताए । बैठकले मर्यादा अनुसारको तलब व्यवस्थापनका लागि प्रधानमन्त्री समक्ष डेलिगेसन नै जाने निर्णय गरेको छ ।
नागरिकबाट

Logo