काभ्रेमा कोरोनाबाट हालसम्म ४५ जनाको मृत्यु

काभ्रेमा कोरोनाबाट हालसम्म ४५ जनाको मृत्यु


काभ्रे।

काभ्रेमा सोमबार कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार मृत्यु हुनेमा पाँचखाल नगरपालिकाका ९१ वर्षीय पुरुष, बनेपा नगरपालिकाका ७२ वर्षीय पुरुष र भक्तपुरका ७३ वर्षीय पुरुष छन् ।

उनीहरुको अस्पतालमा उपचारका क्रममा शनिबार मृत्यु भएको हो । हालसम्म जिल्लामा कोरोना सङ्क्रमणबाट ३२ पुरुष र १३ महिला गरी ४५ जनाको मृत्यु भएको छ । तीमध्ये १४ जना अन्य जिल्लाका छन् ।

सोमबार मात्रै २० जना सङ्क्रमणबाट मुक्त भई घर फर्किएका छन् । यसैगरी विभिन्न स्थानमा गरी ११ नयाँ सङ्क्रमित थपिएका छन् । थपिएकामा बनेपा नगरपालिकामा ६, धुलिखेल नगरपालिकामा एक , पनौती नगरपालिकामा दुई र नमोबुद्ध नगरपालिकामा दुई जना छन् ।

हालसम्म जिल्लामा दुई हजार २४३ जनामा सङ्क्रमण देखिएकामा एक हजार ७०३ जना निको भइसकेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या भने ५०९ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।रासस

Logo