काठमाडौँ

सरकारले मन्त्रिपरिषद्का सबै सदस्यको सम्पत्ति विवरण चाँडै सार्वजनिक गर्ने निर्णय गरेको छ । "/>

सरकार गठनको सय दिन पुगेपछि बल्ल मन्त्रीहरुको सम्पत्ति सार्वजनिक हुने

सरकार गठनको सय दिन पुगेपछि बल्ल मन्त्रीहरुको सम्पत्ति सार्वजनिक हुने


काठमाडौँ

सरकारले मन्त्रिपरिषद्का सबै सदस्यको सम्पत्ति विवरण चाँडै सार्वजनिक गर्ने निर्णय गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले सबै मन्त्रीहरुको सम्पत्ति विवरण तत्कालै सार्वजनिक गर्ने निर्णय गरेको हो ।

सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँसकोटाले प्रधानमन्त्री देखि सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको जानकारी दिए ।

सरकार निर्माण भएको एक सय दिन पुग्न लाग्दा समेत मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक नगरिएको भन्दै आलोचना हुन थालेपछि सरकारले यस्तो निर्णय गरेको हो । संविधान अनुसार ६० दिन भित्र सम्पति सार्वजनिक गर्नु पर्ने व्यवस्था छ ।
अन्नपूर्णबाट

Logo