सालकको खपेटा सहित एकजना पक्राउ

सालकको खपेटा सहित एकजना पक्राउ


संखुवासभा
मकालु गाँउपालिका–५ नुम बजारबाट अढाइ किलोग्राम सालकको खपेटा सहित भोटखोला गाउँपालिका–३ का जिप्पा तेन्जिङ शेर्पालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । शंकास्पद गतिविधि गरेपछि शेर्पाको झोला जाँच गर्ने क्रममा सालकको खपेटा भेटिएको प्रहरीले जनाएको छ । शेर्पालाई हिजै जिल्ला वन कार्यालयमा बुझाइएको छ ।
रासस

Logo