1
0
Shares

यसरी बनाउनुस घरमै चाकु (भिडियोमा)

1
1
1

तपाई यतिबेला काठमाडौंको टोखा पुग्नु भयो भने एउटा छुट्टै प्रकारको बास्नाले तपाईको ध्यान तान्छ । त्यो बास्ना माघेसंक्रान्तिको विशेष परिकार चाकुको हो ।

चाकुको बास्नाले मग्मगाईरहेको टोखा चाकुको लागि प्रसिद्ध मानिन्छ । यहाँका स्थानीयलाई अहिले चाकु, खुवा र तिलको लड्डु बनाउन भ्याईनभ्याई छ । तिनै मध्येका एक हुन् व्यवसायी हंशराज श्रेष्ठ ।

उनी बिहान साढे ४ बजेदेखि राती ९ बजेसम्म निरन्तर चाकुसँग खेल्छन् । यो उनको एक दिनको दैनिकी होईन । उनी मंसिरदेखि अहिलेसम्म यस्तै दैनिकी बिताईरहेका छन् । जाडो मौसममा पनि उनीहरु पसिनाले असिनपसिन भएर चाकु बनाईरहेका छन् ।

नेवार समुदायले मनाउने खाने योमरी पुन्ही पर्वमा खाने परिकार योमरीमा चाकु राख्ने चलन छ । त्यसकारण व्यवसायीले यही पर्वलाई लक्षित गरेर चाकु बनाउन थाल्ने गरेको श्रेष्ठले बताए ।

यतिबेला श्रेष्ठले दैनिक ५ सय केजी सम्म चाकु बनाउने गर्छन् । यो उनको पुख्र्यौली पेशा पनि हो । प्रतिस्प्रधात्मक बजार भएकाले पहिले जस्तो सजिलोन भएको बताउँदै उनले भने, –“यो हाम्रो पुख्र्यौली पेशा हो त्यसैले निरन्तरता दिएका छौ ।” उनले पहिलोको तुलनामा अहिले बजार पाउन मुस्किल परेको बताए ।

यतिबेला उनीहले बनाएको चाकुको मुल्य प्रति दुई सय ग्रामको ३५ रुपैंया रहेको छ । चाकुको व्यापार विशेषगरी जाडो महिनामा मात्र हुने भएकोले उनी मसिंरदेखि माघसम्म मात्र बनाउछन् । अरुबेला उनी जस्तै अन्य चाकु व्यवसायी पनि फुसर्दिला हुन्छन् । त्यो समयमा उनीहरु खेतीपाती लगायतका अन्य काम गर्छन् ।

 

प्रकाशित: २८ पुष २०७५ १६:४८ शनिबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी