काठमाडौँ

विवेकशील साझा पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारेमा आफ्नो धारणा सार्वजनिक गरेको छ । "/>

विवेकशील साझाले भन्योः मोदीले नेपाल आएर माफी माग्नुपर्छ

विवेकशील साझाले भन्योः मोदीले नेपाल आएर माफी माग्नुपर्छ


काठमाडौँ

विवेकशील साझा पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारेमा आफ्नो धारणा सार्वजनिक गरेको छ । पार्टीका विदेश विभाग प्रमुख डा. दिनेश प्रसाईले बिहीवार एक विज्ञप्ती प्रकाशित गर्दै नाकाबन्दी जस्तो अपराध गरेकाले भारतीय प्रम मोदीले नेपाल आएर क्षमायाचना गर्नु पर्ने अडान लिएको हो ।

नाकाबन्दीले गर्दा आम नेपालीको मनमा लागेको घाउ अझै निको नभएको यथार्थसँग भारत अनभिज्ञ छैन, विज्ञप्तीमा भनिएको छ, प्रधानमन्त्री मोदीको राजकीय भ्रमणको यो महत्त्वपूर्ण अवसरमा उनले त्यति बेला नेपालीको मनमा पुर्‍याएको चोट प्रति क्षमायाचना गर्नु जायज हुन्छ भन्ने हाम्रो धारणा हो ।

विवेकशील साझाले मोदीको भ्रमणले दुई देशबीचमा कतिपय विषयमा देखिएको अविश्वास हटाई पारस्पारिक सम्बन्धलाई थप मजबुत बनाउन योगदान गर्ने पनि विश्वास लिएको छ । तर भारतले आफ्नो गल्तीबारे नेपाली जनतासँग माफी माग्नुपर्ने धारणा यो पार्टीले राखेको हो ।

विवेकशील साझाले जनकपुर र मुस्‍ताङ जस्ता स्थानमा मोदी जाँदा ती स्थानको अन्तर्राष्ट्रिय तहसम्म प्रचार हुने पनि बताएको छ । जानकी मन्दिर र मुक्तिनाथ मन्दिरमा मोदीले गर्ने धार्मिक अनुष्ठानले विश्वभर र विशेष गरी भारतीय जनता सम्म यी दुवै स्थानको पहिचान र प्रचारप्रसारमा सकारात्मक योगदान पुर्‍याउने यो पार्टीले ठहर गरेको छ ।

तर उसले भ्रमणका क्रममा नेपाल र नेपालीको आत्मसम्मानमा ठेस पुग्ने टिप्पणी नगर्न पनि सम्झाएको छ । प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा नेपाली पक्षबाट आवश्यक कूटनीतिक सावधानीहरू नअपनाइएको भए पनि उनको भ्रमणलाई हाम्रो राष्ट्रिय एकताको भावना कमजोर गर्ने ढङ्बाट टीकाटिप्पणी नगरियोस् भन्ने हाम्रो आग्रह छ, उसले भनेको छ ।
अन्नपूर्णबाट

Skip This
Logo