विराटनगर । आफैंले गोली हान्न लगाएको आरोपमा पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवासलाई हातहतियार तथा खरखजाना मुद्दा चलाइने भएको छ । "/>

आफैलाई गोली हान्न लगाउने धर्मगुरु आचार्यमाथि हातहतियार तथा खरखजाना मुद्दा

आफैलाई गोली हान्न लगाउने धर्मगुरु आचार्यमाथि हातहतियार तथा खरखजाना मुद्दा


विराटनगर । आफैंले गोली हान्न लगाएको आरोपमा पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवासलाई हातहतियार तथा खरखजाना मुद्दा चलाइने भएको छ । सोमबार पक्राउ परेका आचार्यमाथि हातहतियार तथा खरखजना मुद्दा चलाईने भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवम् एसपी अरुण बीसीले आचार्यलाई हात हतियार तथा खरखजाना मुद्दा चलाइने जानकारी दिए । गोली काण्डमा प्रक्राउ परेका माधव चौधरी र लक्ष्मीराज अधिकारीलाई भने ज्यान मार्ने उद्योग मुद्दामा चलाइएको छ । चौधरी आचार्यका अंगरक्षक हुन् र उनले नै गोली हानेका थिए भने अधिकारीले हतियार व्यवस्थापन गरेका थिए ।

हिन्दु राज्यको माग गर्दै गरेको आन्दोलन सफल नभएपछि आचार्यले धार्मिक हिंसा भड्काउन र जनता(धर्मगुरुहरुलाई आन्दोलनका लागि उक्साउन आफूलाई गोली हान्ने योजना बनाएका थिए । आचार्यको योजनाअनुसार आफूले गोली हानेको बयान चौधरीले दिएका छन् ।

गत चैत २५ गते विराटनगरको जतुवामा बिहान २ बजेतिर शौच गर्न निस्किएका बेला अज्ञात समूहले गोली हानेर आचार्यलाई घाइते बनाएको भनेर हल्ला फैलाइएको थियो । दायाँ छातीको कुम मुनिको भाग छेडेर गोली पार भएको अवस्थामा भेटिएको थियो ।

 

Logo