काठमाडौँ

तपार्इंले आफूले पिइरहेको पानीबारे कहिल्यै सोच्नुु भएको छ ? झट्ट हेर्दा सफा देखिँदैमा सबै पानी पिउनयोग्य हुुन्छ भनेर ढुुक्क नहुुनुुहोस् । "/>

उपत्यकाको कुुनै पनि पानी ढुुक्कले पिउनयोग्य देखेनौं-नास्ट

उपत्यकाको कुुनै पनि पानी ढुुक्कले पिउनयोग्य देखेनौं-नास्ट


काठमाडौँ

तपार्इंले आफूले पिइरहेको पानीबारे कहिल्यै सोच्नुु भएको छ ? झट्ट हेर्दा सफा देखिँदैमा सबै पानी पिउनयोग्य हुुन्छ भनेर ढुुक्क नहुुनुुहोस् । अचम्म लाग्न सक्छ, उपत्यकाको पानी पिउनयोग्य नभएको परीक्षणका क्रममा पुुष्टि भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले काठमाडौं उपत्यकाका पानीका विभिन्न स्रोतको परीक्षण गरेको हो । नास्टको प्रयोगशालामा गरिएको परीक्षणले उपत्यकाको पानी पिउनयोग्य नरहेको पुुष्टि भएको छ ।

नास्टले गत वर्ष वैशाख देखि चैत सम्म करिब १ हजार पानीका नमुुना परीक्षण गरेको थियो । परीक्षण गरिएका मध्ये कुुनै पनि नमुुनाका पानी पिउनयोग्य नदेखिएको नास्टका प्राविधिकले जानकारी दिए । ‘हामीले यो एक वर्षमा ९ सय २५ वटा नमुुना परीक्षण ग¥यौं’, नास्टका वरिष्ठ वैज्ञानिक डा.भोजराज पन्तले भने, ‘संकलित कुुनै पनि पानी ढुुक्कले पिउनयोग्य देखेनौं ।’

नास्टमा दिनहुुँजसो सर्वसाधारणले नै परीक्षण गराउन पानीका नमुुना ल्याउने गरेका छन् । उनीहरूले आफ्नो घरका ट्युबवेल, बोरिङ, इनार, ढुुंगेधारा लगायतको पानी परीक्षण गराउन ल्याउने गरेको नास्टले जनाएको छ । काठमाडौं उपत्यकाका तीन वटै जिल्लाभरबाट सर्वसाधारणले पानीको नमुुना नास्टमा परीक्षण गर्न दिनहुँजसो ल्याउने गरेका छन् । परीक्षणमा संलग्न प्राविधिक निरु बुुर्लाकोटीले पानीमा ब्याक्टेरिया, आइरन, अमोनिया र नाइट्रेटको मात्रा धेरै देखिएको बताइन् । उनले भनिन्, ‘प्रायः सबै पानीको परीक्षणमा एकै खालको समस्या हामीले पायौं । कतै ब्याक्टेरिया भेटियो भने कहीं अमोनिया र नाइट्रेट ।’

ब्याक्टेरिया अन्तर्गत फोहोर र दिसामा हुुने जीवाणुु (कोलिफर्म) पर्छन् । काठमाडौं उपत्यकाका सबैजसो पानीको परीक्षणमा कोलिफर्म भेटिएको छ । राष्ट्रिय खानेपानी गुुणस्तर मापदण्ड २०६२ अनुुसार पानीमा कोलिफर्मको मात्रा शून्य हुुनुु पर्नेमा परीक्षणमा ३ सय प्रतिशत सम्म पाइएको छ । यति धेरै मात्रामा कोलिफर्मको मात्रा स्वास्थ्यका लागि अत्यन्त हानिकारक रहेको वरिष्ठ वैज्ञानिक पन्त बताउँछन् । ‘यो संख्यामा भन्ने हो भने लाखौं जीवाणुु हुुन्, किनकी हामीले आँखाले नदेखेका मात्र हौं’, उनले भने।
अन्नपूर्णबाट

Logo