विराटनगर

३३ केजी सुन प्रकरण र सनम शाक्य हत्या अभियोगको अनुसन्धान गरिरहेको प्रहरीले मिसिल बुझाएपछि सरकारी वकिलको कार्यालयले आज बुधबार जिल्ला अदालत मोरङमा मुद्दा दायर गर्ने भएको छ । "/>

३३ केजी सुन प्रकरण : आज २८ जना विरुद्ध मुद्दा दायर हुने

३३ केजी सुन प्रकरण : आज २८ जना विरुद्ध मुद्दा दायर हुने


विराटनगर

३३ केजी सुन प्रकरण र सनम शाक्य हत्या अभियोगको अनुसन्धान गरिरहेको प्रहरीले मिसिल बुझाएपछि सरकारी वकिलको कार्यालयले आज बुधबार जिल्ला अदालत मोरङमा मुद्दा दायर गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान मिति सकिनु ३ दिन अघि नै मिसिल बुझाएपछि सरकारी वकिलको कार्यालयले मुद्दा दायर गर्ने भएको हो ।

उक्त सुन तस्करी प्रकरणमा हाल सम्म २८ जना पक्राउ परेका छन् भने मुख्य आरोपी चूणामणि उप्रेती ‘गोरे’ सहित २१ जना फरार छन् । जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले प्रहरीले मिसिलको नक्कल बुझाएपछि अभियोग–पत्र तयार पार्ने काम भइरहेको जानकारी दिए ।

प्रहरीले आइतबार नै मिसिलको नक्कल बुझाएको थियो । सोमबार र मंगलबार बिदाका कारण देखाउँदै प्रहरीले आइतबार नै मिसिल बुझाएपछि सरकारी वकिलको कार्यालयले फरार रहेका गोरे सहित पक्राउ परेका २८ जना विरुद्ध संगठित अपराध तथा अपहरण गरी कर्तव्य ज्यान मुद्दा दायर गर्ने भएको हो । बुधबार मुद्दा दाएर गर्नु पर्ने अन्तिम म्याद भएकाले पक्राउ परेका र फरार विरुद्ध अभियोग दायर गर्ने बताइएको छ ।

गत फागुन १८ गते सुन तस्करको समूहले भरिया सनम शाक्यको मोरङको उर्लाबारीमा हत्या गरेको थियो । हत्यापछि धरान हुँदै फागुन १९ गते विराटनगर आएको तस्कर समूहका टेकराज मल्ल ठकुरीले कुदाएको स्करपियोबाट शाक्यको शव फेला परेको थियो ।
नेपाल समाचारपत्रबाट

Logo