काठमाडौँ

पुनर्निर्माण सम्बन्धी एउटा औपचारिक कार्यक्रममा एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भने, ‘बरु राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीईओ सीताराम कट्टेल धुर्मुसलाई बनाऊँ, उनले चाँडो काम गरेर देखाएका छन् । "/>

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीईओ धुर्मुसलाई बनाउँ : नेता नेपाल !

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीईओ धुर्मुसलाई बनाउँ : नेता नेपाल !


काठमाडौँ

पुनर्निर्माण सम्बन्धी एउटा औपचारिक कार्यक्रममा एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भने, ‘बरु राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीईओ सीताराम कट्टेल धुर्मुसलाई बनाऊँ, उनले चाँडो काम गरेर देखाएका छन् ।’ औपचारिक कार्यक्रममा नेपालले गरेको यो प्रस्ताव उनले अनौपचारिक रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि राखेका थिए ।

भूकम्पपीडितका लागि नमुना आवास निर्माण गरेर चर्चामा आएका धुर्मुस अहिले आमनागरिकको भरोसाको केन्द्र बनेका छन् । उनले १२ वैशाख २०७२ मा आएको विनाशकारी भूकम्पपछि ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ मार्फत ‘भुइँमान्छे’ हरूका लागि नमुना बस्ती निर्माण गरेका छन् । फाउन्डेसनकै सहयोगमा काभ्रेको पहरी वस्ती, सिन्धुपाल्चोकको गिरानचौर, महोत्तरीको बर्दिवासका मुसहर बस्ती र रौतहटको सन्तपुरका बाढीपीडितका लागि नमुना बस्ती बनाइदिएका छन् ।

सरकारले पुुनर्निर्माण प्राधिकरणको सीईओ प्रस्ताव ग¥यो भने बन्नुहुन्छ भन्ने जिज्ञासामा उनले भने, ‘मेरो ध्यान अहिले क्रिकेट स्टेडियममा केन्द्रित छ ।’ अहिलेको सरकार समृद्धिका लागि बनेको भन्दै उनले समृद्धिलाई सफल बनाउन पुनर्निर्माण मन्त्रालय गठन गर्नु पर्नेमा जोड दिए । मन्त्रालय गठनपछि मात्रै समृद्धि सम्पन्न हुने उनको बुझाइ छ । उनी भन्छन्, ‘मन्त्रालय बन्यो भने योजना बनाउने, भोलेन्टियर परिचालन, कर्मचारी नियुक्ति देखि सबै काम आफैंले गर्न सक्छ अनि मात्रै समृद्धिको सपना पूरा हुन्छ ।’

जनताले देख्ने गरी काम गर्न सरकार सक्रिय हुनु पर्ने धुर्मुसको बुझाइ छ । ‘निर्माणको योजना बनाएर हुन्न, जतनाले देख्ने गरी काम गर्नुपर्छ,’ धुर्मुसले भने । वसन्तपुर दरबार, धरहरा लगायत अन्य सांस्कृतिक धरोहर बनाउन विलम्ब गर्न नहुने भन्दै त्यसका लागि पुनर्निर्माण मन्त्रालय नै चाहिने बताए । पुनर्निर्माण प्राधिकरणको धेरै ऐन झन्झटिलो भएको उल्लेख गर्दै उनले भने, ‘प्राधिकरणको ऐन संशोधन नगर्ने हो भने जो गए पनि केही हुँदैन । अहिलेको ऐन परिमार्जन नगर्दा प्राधिकरणले यो भन्दा गतिलो काम गर्न सक्दैन ।’
राजधानीबाट

Logo