बनेपा

काभ्रेको पनौती नगरपालिका–१ पर्खालचौरस्थित शान्ति निकेतन माविको नवनिर्मित विद्यालय भवन सोमबार एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । "/>

एसओएस बालग्रामद्वारा पनौतीमा विद्यालय भवन हस्तान्तरण

एसओएस बालग्रामद्वारा पनौतीमा विद्यालय भवन हस्तान्तरण


बनेपा

काभ्रेको पनौती नगरपालिका–१ पर्खालचौरस्थित शान्ति निकेतन माविको नवनिर्मित विद्यालय भवन सोमबार एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।

भूकम्पले क्षतिग्रस्त विद्यालय भवन निर्माण गर्न सहयोग गरेका दातृ संस्था एसओएस इन्टरनेशनलका अध्यक्ष सिद्धार्थ कौल तथा जर्मन एसओएसका अध्यक्ष फोवार्डले विद्यालयका अध्यक्ष रामप्रसाद सापकोटा र प्रधानाध्यापक रामचन्द्र केसीलाई भवनको साँचो हस्तान्तरण गरेका हुन् । सो अवसरमा एसओएस बालग्राम नेपालका सल्लाहकार शंकर प्रधानाङ्गले ग्रामीण क्षेत्रका बालबालिकालाई पनि शिक्षा र चेतनाको पहुँच विस्तार गर्ने लक्ष्य अनुसार विद्यालय भवन निर्माणमा सहयोग गरिएको बताए ।

३२५ जना विद्यार्थी अध्ययनरत सो विद्यालयमा रहेको अर्को भवन पनि भूकम्पले क्षति पु¥याएको थियो । जसलाई रेट्रो फिटिङ गरेर बस्न योग्य बनाइएको प्रधानाध्यापक रामचन्द्र केसीले जानकारी दिए । चार करोड ४० लाखको लागतमा निर्माण गरिएको उक्त विद्यालय भवन बालमैत्री रहेको छ ।
रासस

Logo