कांग्रेसको कार्यसमिति बैठकमा आज देउवाले जवाफ दिंदै

कांग्रेसको कार्यसमिति बैठकमा आज देउवाले जवाफ दिंदै


नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको जारी बैठकमा सभापति शेरबहादुर देउवाले आज जवाफ दिने भएका छन् । चुनावी समीक्षाका लागि बसेको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको सभापति देउवाले जवाफ दिन लागेका हुन् ।

हिजोको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता विजय गच्छदारले बोलेपछि बैठक आजसम्मका लागि स्थगित गरिएको थियो । बैठकमा महासमिति बैठकको मिति र स्थान, विधान संशोधन मस्यौदा समिति गठन, केन्द्रीय निर्वाचन समिति गठनलगायत विषयमा निर्णय लिने सभापति शेरबहादुर देउवाको तयारी छ ।

गत चैत ९ गतेदेखि जारी बैठकमा चुनाबी हारबारे आरोप प्रत्यारोप चलिरहेको छ ।

Logo