हेटौँडा

प्रदेश नंं ३ को शुक्रबार बसेको प्रदेशसभा बैठकले स्थायी राजधानीबारे अध्ययन गर्न १३ सदस्यीय विशेष समिति गठन गरेको छ । "/>

प्रदेश नं. ३ः राजधानीबारे अध्ययन गर्न समिति गठन : १ महिनाको समय

प्रदेश नं. ३ः राजधानीबारे अध्ययन गर्न समिति गठन : १ महिनाको समय


हेटौँडा

प्रदेश नंं ३ को शुक्रबार बसेको प्रदेशसभा बैठकले स्थायी राजधानीबारे अध्ययन गर्न १३ सदस्यीय विशेष समिति गठन गरेको छ ।

समितिमा नेकपा (एमाले) बाट पाँच र नेकपा (माओवादी केन्द्र) बाट दुई÷दुई तथा नेपाली काँग्रेस, राप्रपा, राप्रपा(प्रजातान्त्रिक) नेमकिपा र साझा विवेकशीलबाट एक एक गरी १३ सदस्य रहेका छन् । सदस्यमा एमालेबाट दीपक निरौला, सरस्वती बस्नेत, विजय सुवेदी, वसन्त मानन्धर र डा रामकुमार अधिकारी, माओवादी केन्द्रबाट विशाल खड्का र जगत सिंखडा, कांग्रेसबाट छिरिङदोर्जे लामा, राष्ट्रिय जनशक्ति पार्टीबाट प्रभात तामाङ, विवेकशील साझा पार्टीबाट विराजभक्त श्रेष्ठ, नेमकिपाबाट सुरेन्द्रराज गोसाईं, राप्रपाबाट रीता माझी, राप्रपा (प्रजातान्त्रिक) बाट रीना गुरुङ छन् ।

समितिले राजधानीका लागि सम्भावित ठाउँको अध्ययन गरी एक महिना भित्र प्रतिवेदन पेश गर्नेछ । प्रदेश ३ को राजधानीका लागि हालसम्म काभ्रे, नुवाकोट र भक्तपुरका सांसदले माग दावी गर्दै संसदमा निवेदन दर्ता गराएका थिए । यसअघि बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले पेश गरेको गाउँ नगर र जिल्ला सभा सञ्चालन गर्न बनेको विधेयक र स्थानीय निकायको निर्वाचित पदाधिकारी एवं सदस्यलाई सेवा सुविधा (पारिश्रमिक ) सम्बन्धी विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

बैठकमा बिहीबार र शुक्रबार विशेष समयमा उठेको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पौडेलले उद्योग, पर्यटन एवं कृषिलाई वैज्ञानिक र आधुनिकता दिन प्रदेश सरकारले उच्च प्राथमिकताका साथ काम गर्ने बताए ।
रासस

Logo