1
1
1

0 Shares

उपत्यकालाई सुरक्षित बनाउन २१ हजार सिसी क्यामेरा जडान गरिने

1
1

काठमाडौँ

काठमाडौंं उपत्यकालाई सुरक्षित बनाउन महानगरीय प्रहरी कार्यालय रानीपोखरीले २१ हजार सिसी टिभी क्यामेरा जडान गर्ने कार्य अगाडि बढाएको छ । समाजमा हुने अपराध नियन्त्रण गर्न र हुन सक्ने सम्भावित अपराधलाई रोक्नका लागि ठूलो संख्यामा सिसी टिभी क्यामेरा जडान गर्ने भएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापाले उपत्यकालाई प्रविधिको प्रयोग मार्फत अपराधिक क्रियाकलाप नियन्यत्रण गर्न सिसी टिभी क्यामेरा जडान गर्ने कामलाई अगाडि बढाइएको बताउनुभयो । उहाँका अनुसार उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा २१ हजार ४ सय ४१ वटा सिसी क्यामेरा आवश्यक रहेको र ती क्षेत्रमा सीसीटिभी जडान गर्ने काम अघि बढेको छ ।

डिआईजी थापाले भन्नुभयो–समाजलाई सुरक्षित बनाउन प्रहरी रातदिन खटिएका छन् । प्रहरीले आधुनिक प्रविधिको प्रयोग मार्फत अपराध नियन्त्रण गर्न सक्छ, उपत्यकाभित्र हाल भइरहेको सिसी क्यामेराको संख्या बढाएर २१ हजार पु¥याइने छ । ’ प्राथमिकताको आधारमा क्रमश सिसी क्यामेरा थप्दै जाने बताउदै उहाँले समुदाय–प्रहरी साझेदारी कार्यक्रमले पनि सिसी क्यामेरा जडान गर्न सहज हुने दावी गर्नुभयो ।

२१ हजार सिसी क्यामेरा जडान गर्न करिब १५ अर्ब रुपैयाँ लाग्ने आंकलन गरिएको छ । थप सिसी क्यामेरा जडानले अपराध नियन्त्रण गर्न सहज हुने बताउदै प्रमुख थापाले स्थानीय सरकारले जडान गर्ने सिसी क्यामेरा पनि प्रहरीले निगरानी गर्ने बताउनुभयो ।
नेपाल समाचारपत्रबाट

प्रकाशित: १ माघ २०७५ ०७:१४ मंगलबार

1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी