काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धिजीवी समुदाय माथि प्रहार गरेका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहेका ओलीले बुद्धिजीवीहरु माथि तीखो प्रहार गरेका हुन् । "/>

नेपालका बुद्धिजीवी पनि अचम्मका देखेँ मैले : प्रधानमन्त्री

नेपालका बुद्धिजीवी पनि अचम्मका देखेँ मैले : प्रधानमन्त्री


काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धिजीवी समुदाय माथि प्रहार गरेका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहेका ओलीले बुद्धिजीवीहरु माथि तीखो प्रहार गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आफूले देशको विकास र समृद्धिको कुरा गर्दा तत्कालीन राजा महेन्द्रसँग दाँजिएको भन्दै रोष प्रकट गरे । मैले देश विकास र समृद्धिको कुरा गर्दा महेन्द्रसँग दाँजिँदैछ । मैले जनतालाई सुखी राख्ने कुरा गर्दा यो त महेन्द्रले बोलेको भन्छन् , ओलीले भने, मैले रारा तालबाट देशबासीलाई सम्बोधन गर्दा पनि राराताललाई महेन्द्र ताल भनेको सुनेँ, नेपालका बुद्धिजीवी पनि अचम्मका देखेँ मैले ।

देश र समाजका अगुवा भनिने बुद्धिजीवीहरुले आफ्ना नीति तथा कार्यक्रमबारे हाँसोको विषय बनाएकोमा पनि उनले आपत्ति जनाए । ‘मैले रेल कुदाउने, केबल कार चलाउने र समुद्रमा नेपाली झण्डा सहितको पानी जहाज चलाउने कुरा गर्दै आएको छु, ओलीले भने, विकास कुरा गर्यो भने जनताका कुरा गरेन भन्दै उल्टै प्रश्न गर्छन् । यस्ता पनि बुद्धिजीवी हुन्छन् ?’

ओलीले नेपालका बुद्धिजीवीलाई मुसासँग तुलना गर्दै देश विरुद्ध लाग्न उनीहरुले दाँतमा धार लगाएको बताए । नेपालका बुद्धिजीवी मुसा जस्ता छन् । माइत जान लागेकी बुहारीको साडी काटेर मुसाले अलपत्र बनाइदिन्छ । ससुराली जान लागेको जुवाइँको कोट काटिदिएर मुसोले बदमाशी गर्छ, मुसाले त कुरो बुझ्दैन, ओलीले भने, नेपालका बुद्धिजीवी त देशै विरुद्ध दाँतमा धार लाउँछन् , विश्वविद्यालयको सर्टिफिकेट ल्याएर मात्रै बुद्धिजीवी होइन्न । राम्रो कामको समर्थन पनि गर्न सक्नुपर्छ ।
अन्नपूर्णबाट

Logo