काठमाडौँ

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलन यही वर्ष (सन् २०१८ भित्र) हुनेमा आशंका बढेको छ । "/>

तयारी शुन्य पछि विमस्टेक सम्मेलन यही वर्ष नहुने संकेत

तयारी शुन्य पछि विमस्टेक सम्मेलन यही वर्ष नहुने संकेत


काठमाडौँ

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलन यही वर्ष (सन् २०१८ भित्र) हुनेमा आशंका बढेको छ । विमस्टेकको वर्तमान अध्यक्ष राष्ट्र नेपालले यस बारेमा सामान्य तयारी समेत अघि बढाएको छैन । सम्मेलनको गृहकार्य र तयारीका लागि कम्तीमा ४ देखि ६ महिनाको अवधि आवश्यक हुने बताइन्छ । यसबारेको सामान्य पहल र सम्मेलनको सम्भावित मिति नेपालले सदस्य राष्ट्रलाई अहिले सम्म प्रस्ताव नगरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

सरकार छिमेकी मुलुकसँगको सम्बन्ध विस्तार र उच्चस्तरीय भ्रमणको तयारीमा जुटेकाले यो विषय अहिलेसम्म प्राथमिकतामा नपरेको सो मन्त्रालयका एक अधिकारीले बताए। ‘अहिले देखि त्यस्तो तयारी अघि बढेको सुनिएको छैन, द्रुत गतिमा तयारी गर्दा पनि कम्तीमा ४ महिना तयारीमा जुट्नुपर्छ, दशैं/तिहार अघि सम्मेलन हुने कुनै सम्भावना छैन ।’ –ती अधिकारीले भने । चौथो सम्मेलन २ वर्ष अघि सन् २०१६ भित्रमा नेपालमा हुनु पर्ने थियो।

२ वर्ष सम्म भूकम्प, पुनर्निर्माण, नाकाबन्दी र मुलुक भित्रैको आन्तरिक राजनीतिक कारण जनाउँदै नेपालले सम्मेलनका तयारीमा जुट्न नसकिने जनाउँदै आएको थियो । सबै सदस्य राष्ट्रको अनुकूलताका आधारमा सम्मेलनको मिति तय गर्ने प्रावधान छ । विमस्टेकमा नेपाल सहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् । सन् २०१४ को मार्चमा म्यानमारको ने पि तोमा तेस्रो शिखर सम्मेलन सम्पन्न भए पश्चात् नेपाल विमस्टेकको अध्यक्ष राष्ट्रको भूमिकामा छ ।
नेपाल समाचारपत्रबाट

Logo