काठमाडौँ

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा युवा केन्द्रीय सदस्यले पार्टी सुदृढीकरण गर्ने योजना सहित संयुक्त लिखित प्रस्ताव पेस गर्ने भएका छन् । "/>

कांग्रेस बैठकमा पार्टी सुदृढीकरणका लागि युवा नेताको संयुक्त प्रस्ताव पेस हुने

कांग्रेस बैठकमा पार्टी सुदृढीकरणका लागि युवा नेताको संयुक्त प्रस्ताव पेस हुने


काठमाडौँ

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा युवा केन्द्रीय सदस्यले पार्टी सुदृढीकरण गर्ने योजना सहित संयुक्त लिखित प्रस्ताव पेस गर्ने भएका छन् । सकभर वैशाख ७ गते नै नभए ८ गते पार्टी सशक्त बनाउने योजना सहितको संयुक्त लिखित प्रस्ताव पेस गर्ने तयारीमा जुटिरहेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

पार्टीलाई वाम गठबन्धनसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउने योजना सहितको प्रस्ताव ल्याएर नेतृत्वलाई सचेत गराउने प्रयासमा लागेको उनले बताए । ९ चैतबाट प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको समीक्षाका लागि सुरु भएको केन्द्रीय समितिको बैठक १६ चैतमा नेता खुमबहादुर खड्काको निधन भएपछि स्थगित गरिएको थियो । स्थगित बैठक शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ ।

केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, गगन थापा, धनराज गुरुङ, कल्याण गुरुङ, नवीन्द्रराज जोशी, गुरुराज घिमिरे लगायतको अगुवाइमा ल्याउन लागिएको प्रस्तावमा पार्टीको विधान विपरीत गठन गरिएका कार्यसम्पादन समिति र संसदीय बोर्ड भंग गर्नु पर्ने माग उल्लेख हुने पौडेलले बताए । ‘पार्टी विधान संशोधन गर्न महासमिति बैठक तत्काल बोलाउनु पर्ने र विधान संशोधनका लागि मस्यौदा तयार गर्न समिति बनाउनु पर्ने माग गर्छौं,’ पौडेलले भने, ‘विधानलाई मिचेर गठन गरिएका कार्यसम्पादन समिति र संसदीय बोर्ड भंग गर्नु पर्ने, वाम गठबन्धनसँग प्रतिस्पर्धा गर्ने गराउन संगठन सुदृढीकरण अभियान चलाउनु पर्ने लगायतका विषय मुख्य रूपमा उठाउँछौँ ।’
नयाँ पत्रिकाबाट

Logo