काभ्रेमा आज २५ नयाँ संक्रमित थपिए, २१ जना निको भए

काभ्रेमा आज २५ नयाँ संक्रमित थपिए, २१ जना निको भए


काभ्रे ।

काभ्रेमा आज २५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लामा आज २१ जना निको भएका छन् । शुक्रबार ३८ जना थपिएका थिए । विहिबार ४७ जना थपिएका थिए ।

अब जिल्लामा आजसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको जम्मा संख्या २ हजार २२९ पुगेको छ । संक्रमित मध्ये १ हजार ६५८ जना निको भएका छन् । जिल्लामा ४० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये १३ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र २७ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

नयाँ थपिएका मध्ये बनेपाबाट १८, धुलिखेलबाट ४, पनौतीका १ र पाँचखालबाट २ जना रहेका छन् ।

यसैगरि काठमाडौं उपत्यकामा आज ८३५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ६४२, भक्तपुरमा ८८ र ललितपुरमा १८० संक्रमित थपिएका छन् ।

यससँगै काठमाडौंमा ७७ हजार ६४५ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ७ हजार ४४ जना कोरोना संक्रमित छन् । ललितपुरमा ११ हजार १६२ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या ९५ हजार ८५१ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ । आज १ हजार ९४६ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २१५ पुगेको छ । आज मात्र १३ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ७० हजार ६६२ पुगेको छ । आज निको हुनेको संख्या २ हजार ५०३ छ ।

आजको पिसिआर परीक्षण ८ हजार ७५३ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १६ लाख २ हजार ६०३ रहेको छ । आज ३६ हजार ४५२ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo