काठमाडौँ

गीतकार अम्बिका गुरुङको शब्दमा रहेको आँखा लाउँछन् बोलको आधुनिक गीतको म्युजिक भिडियो नयाँ वर्षको अवसर पारेर शनिवार सार्वजनिक गरिएको छ । "/>

अम्बिका गुरुङको आँखा लाउँछन् सार्वजनिक (भिडियो सहित)

अम्बिका गुरुङको आँखा लाउँछन् सार्वजनिक (भिडियो सहित)


काठमाडौँ

गीतकार अम्बिका गुरुङको शब्दमा रहेको आँखा लाउँछन् बोलको आधुनिक गीतको म्युजिक भिडियो नयाँ वर्षको अवसर पारेर शनिवार सार्वजनिक गरिएको छ । इन्जिनियर तथा गायक वीरेन्द्र श्रेष्ठ र गायिका मेलिना राईको आवाजमा सजिएको गीतमा शंकर थापाको संगित रहेको छ भने एरेन्ज उदयराज पौडेलले गरेका हुन् ।

संजय बरालको निर्देशनमा तयार पारिएको उक्त म्यूजिक भिडियोमा कोरियोग्राफ भने राजिव समारले गरेका छन् । धुलिखेलको एक रिसोर्टमा छायांकन गरिएको भिडियोमा गायक श्रेष्ठले यो पटक बाल कलाकार आयुश र अंशुलाई यस भिडियो मार्फत आफ्नो म्युजिक भिडियोमा प्रस्तुत गराएका छन् । साथै ठुलो पर्दाबाट डेभ्यु गरेकी सुप्रिया श्रेष्ठ र मोडल निपुन श्रेष्ठलाई पनि सो गीतको पर्दामा देख्न सकिने छ । अत्याधुनिक प्रबिधीको प्रयोग गरी तयार गरिएको भिडियोमा निर्देशक बरालले आफ्नो उत्तम निर्देशन कला समेत पोखेका छन् । उक्त म्यूजिक भिडियोलाई बुद्ध थापाको टिमले छायाँकन अनि विकास धमलाले सम्पादन गरेका हुन् ।

Logo