काठमाडौँ

सरकारले एकैसाथ ३० जना सचिवहरुको सरुवा गरेको विषयमा माओवादी केन्द्रका मन्त्रीहरुले असन्तुष्टि जनाएका छन् । "/>

सचिव सरुवामा माओवादी मन्त्रीहरु नै असन्तुष्ट

सचिव सरुवामा माओवादी मन्त्रीहरु नै असन्तुष्ट


काठमाडौँ

सरकारले एकैसाथ ३० जना सचिवहरुको सरुवा गरेको विषयमा माओवादी केन्द्रका मन्त्रीहरुले असन्तुष्टि जनाएका छन् । गृहमन्त्री रामबहादुर थापा बादलको सरकारी निवासमा बसेको बैठकमा माओवादीका मन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले पर्याप्त परामर्श नगरी सचिवहरुको सरुवा गरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा हरेक १५ दिनमा बस्ने गरेको यो बैठकमा सचिव सरुवालाई लिएर केही मन्त्रीले रोष प्रकट गरेका हुन् । प्रचण्डको निर्देशन अनुसार दोस्रो पटक बसेको माओवादी मन्त्रीहरुको बैठकमा प्रधानमन्त्रीको भ्रमण टोलीमा रहेकाले मातृका यादव भने सहभागी थिएनन् । बैठकमा अन्य सबै मन्त्री सहभागी थिए ।

सरकारको काम कारबाहीको समिक्षाका लागि बस्ने यो बैठकमा सचिव सरुवाको विषयमा केहीले आफूकहाँ राम्रै सचिव आएको बताएका थिए भने केहीले भने तीब्र असन्तुष्टि जनाएका थिए । बैठकमा सचिव सरुवा लगायत विषयमा छलफल भएको थियो, माओवादीका एक मन्त्रीले भने, केही मन्त्रीले ठीकै सचिव आएको बताए पनि केहीले भने असन्तुष्टि जनाएका थिए ।
अन्नपूर्णबाट

Logo