नयाँदिल्ली

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हिजो साँझ डेढ घण्टा भेटवार्ता भएको छ । "/>

हिजोको भेटमा ओली र मोदीबीच डेढ घण्टा के कुरा भयो ?

हिजोको भेटमा ओली र मोदीबीच डेढ घण्टा के कुरा भयो ?


नयाँदिल्ली

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हिजो साँझ डेढ घण्टा भेटवार्ता भएको छ । शुक्रबार साँझ दिल्लीमा ओली र मोदीबीच साँढे ६ बजे देखि ८ बजे सम्म ‘वान टु वान’ वार्ता भएको हो।

पूर्व निर्धारित कार्यक्रम भन्दा अगाडि नै ओली र मोदीबीच दिल्लीको लोक कल्याणकारी मार्गस्थित सरकारी निवासमा भेटवार्ता भएको हो । भेटवार्तामा नेपाल र भारतको सम्बन्धलाई थप समृद्ध बनाउने विषयमा विस्तृतमा छलफल भएको प्रधानमन्त्री ओलीले जानकारी दिए । मोदीसँगको भेटवार्तापछि पत्रकारसँग कुरा गर्दै ओलीले भने, ‘नेपाल र भारतको सम्बन्धलाई थप समृद्ध बनाउने विषयमा विस्तृतमा छलफल भएको छ ।’

भारतसँगको असमझदारी हटेको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले असमझदारी यसअघि नै हटिसकेको बताएका छन् । ‘नेपाल र भारतबीच त्यस्तो असमझदारी केही पनि थिएन ’, प्रधानमन्त्री ओलीले भने, ‘भएका असमझदारी यस अघि नै हटिसकेका छन् ।’
अन्नपूर्णबाट

Logo