हेटौंडा

प्रदेशसभा तीनले दुई कानुन पारित गरेको छ । शुक्रबार बसेको बैठकले प्रदेशका केही सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक पारित गरेको हो। "/>

प्रदेश नं.३ मा दुई कानुन पारित

प्रदेश नं.३ मा दुई कानुन पारित


हेटौंडा

प्रदेशसभा तीनले दुई कानुन पारित गरेको छ । शुक्रबार बसेको बैठकले प्रदेशका केही सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक पारित गरेको हो। आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्करकट्टेलले प्रदेशका केही सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धी विधेयक र आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित सम्बन्धी विधेयक प्रस्तुत गरेका थिए । प्रदेशसभाले सर्वसम्मत रुपमा उक्त दुई कानुन पारित गरेको हो ।

सभा नियमावली २०७४ को नियम १ सय १० र १ सय ११ बमोजिमको शर्तको अधिनमा रही शुक्रबारसम्म कार्यव्यवस्था शाखामा संशोधन प्रस्ताव दर्ता गर्न सकिने भएपनि संशोधन प्रस्ताव नै दर्ता नभएको प्रदेश सभा सचिवालयका सचिव भरत बुढाथोकीले बताए ।

यसैबीच प्रदेश नम्बर ३ को मन्त्रिपरिषद बैठकलेले स्थानीय तह सेवा सुविधा सम्बन्धी विधेयकलाई थप परिमार्जन गर्दै पारित गरेको छ । शुक्रबार हेटौंडामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले यसअघि पारित गरेर पुनः छलफलका लागि फिर्ता लिएको विधेयकलाई पारित गरेको मुख्यमन्त्री कार्यालयका सचिव रमेश शिवाकोटीले बताए ।

सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेश सभामा उठेका राजधानीको विषयलाई प्रक्रिया अनुसार अघि बढाइने बताए । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रीको सेवा सुविधाको विषयमा पनि सैद्धान्तिक सहमति गरेको उनले बताए ।
अन्नपूर्णबाट

Logo