1
0
Shares

सहिदका परिवारको आँसु पुछ्ने कोही भएन : सन्दर्भ मधेस बलिदानी दिवस आज

1
1
1

काठमाडौँ

माघ ५ गते पहिलो मधेस विद्रोह (२०६३) १२ वर्ष पूरा हुँदैछ । यो दिनलाई मधेस केन्द्रित दलले मधेस बलिदानी दिवसका रुपमा मनाउँदै आएका छन् । तर यसपल्ट प्रदेश २ सरकारले लहानमा भव्यताका साथ १२ औं मधेस बलिदानी दिवस मनाउँदै छ । २०६३ माघ ५ मा मधेस आन्दोलनका क्रममा लहानमा रमेश महतोको ज्यान गएको थियो । राज्यले महतोलाई मधेस आन्दोलनको पहिलो सहिद घोषणा गरिसकेको छ । हरेक वर्ष माघ ५ मा लहानको सहिद रमेशचोकमा मधेसी नेता र सहिदमन परिवारको जमघट हुन्छ । सहिदहरुका प्रतिमामा माल्यार्पण गरी उनीहरुको योगदानमने सम्झना गरिन्छ ।

यस वर्ष पनि मधेस बलिदानी दिवस मनाउने तयारी भइरहँदा छोरा रमेशको सम्झनामा डुबेकी छिन् आमा रानोदेवी महतो । उनी मधेसी नेताले अब सहिदलाई समेत बिर्सिन थालेको गुनासो गर्छिन् । ‘छोराको बलिदानी खेर गएजस्तो लाग्छ’, उनले भनिन्, ‘सहिदको सिँढी चढेर मन्त्री भएका मधेसी नेता स्वार्थमा डुबेको देख्दा दुःख लाग्छ ।’ ०६३ को मधेस आन्दोलन सम्झँदै उनले भनिन्, ‘म जस्ता धेरै माताले पुत्र गुमाएर पनि अधिकारको मुद्दा स्थापित नभएको सुन्दा ज्यादै दुःख लाग्छ ।’

मधेस आन्दोलनका क्रममा ०६३ माघ ५ गते लाहानमा तत्कालीन नेकपा माओवादी कार्यकर्ताले चलाएको गोलीबाट रमेशको निधन भएको थियो । त्यससँगै मधेस आन्दोलन उठेको थियो । ‘आन्दोलनबाट धेरै मधेसी नेताको उदय भयो । उनीहरु स्थापित पनि भए, धेरै मन्त्री भए,’, रानादेवीले गुनासो गर्दै भनिन्, ‘खै त मधेसी जनताले के पाए, रमेशको बलिदानी खेर गयो कि जस्तो लाग्छ ।’

छोराको निधनपछि मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले घरमै आएर दिएको बचन सम्झँदै रानोदेवीले भनिन, ‘मधेसी जनताको अधिकार स्थापित गर्न एउटा छोरा सहादत दिए पनि हामी जस्ता धेरै छोराले तपाईंलाई सहारा दिन्छौं भनेका थिए । त्यसपछि फर्केर कोही आएका छैनन् ।’

प्रत्येक वर्ष माघ ५ गते आयोजना हुने बलिदानी दिवसमा लाहान पुगेर छोरा रमेशको प्रतिमामा माल्यार्पण गरी आँसुको भारी बिसाएर मन हल्का पार्दै आएको उनले सुनाइन् । घर वरिपरिका युवा पैसा कमाउन विदेश गएको सुनाउँदै छोरा सम्झेर रानोदेवीले भनिन्, ‘अरुको त आर्थिक अवस्था राम्रो भयो, हाम्रो उस्तै छ, छोरो भएको भए पैसा कमाउने थियो, हाम्रो पनि राम्रो हुन्थ्यो होला । म जस्तै धेरै छोराका आमाहरु यसरी नै बेदनासहित रोइरहेका छौं, आँसु पुछ्ने कोही भएन ।’
नागरिकबाट

प्रकाशित: ५ माघ २०७५ ०८:०१ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी