झापा
चालू आर्थिक वर्षको आठ महिनामा झापामा ३९ हजार २५० सवारी साधन चालक कारवाहीमा परेका छन् । कारवाहीमा परेका मध्ये सबैभन्दा बढी मोटरसाइकल चालक रहेका छन् । "/>

झापामा ३९ हजार सवारी साधन कारवाहीमा

झापामा ३९ हजार सवारी साधन कारवाहीमा


झापा
चालू आर्थिक वर्षको आठ महिनामा झापामा ३९ हजार २५० सवारी साधन चालक कारवाहीमा परेका छन् । कारवाहीमा परेका मध्ये सबैभन्दा बढी मोटरसाइकल चालक रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालू आवमा कारवाहीमा परेका चालकबाट ट्राफिक प्रहरीले दुई करोड ४९ लाख ३९ हजार राजश्व संकलन गरेको छ ।

प्रहरी निरीक्षक राजेश राईका अनुसार चालू आवको फागुन मसान्त सम्ममा कारवाहीमा परेका चालकबाट उक्त राजश्व संकलन भएको हो । चालू आवको फागुन महिनामा मात्रै सबैभन्दा बढी राजश्व संकलन भएको थियो । प्रहरीका अनुसार फागुन महिनामा मात्रै पाँच हजार ९०० सवारी चालक कारवाहीमा पर्दा ५० लाख ९९ हजार राजश्व संकलन भएको हो ।

फागुन महिनामै दुई हजार एउटा मोटरसाइकल कारवाहीमा परेका छन् । जसबाट प्रहरीले १५ लाख ३० हजार ५०० राजश्व संकलन गरेको छ । त्यस्तै एक हजार ५१८ वटा ट्रक कारवाहीमा पर्दा १९ लाख ३८ हजार ५०० राजश्व संकलन भएको छ । ट्राफिक नियम उल्लंघन गर्ने मध्ये ७६२ वटा कार, जिप, भ्यानका चालक कारवाहीमा परेका छन् । जसबाट प्रहरीले पाँच लाख ९० हजार राजश्व संकलन गरेको छ ।

यता ६३२ वटा बस चालक करवाहीमा पर्दा चार लाख ३५ हजार राजश्व संकलन भएको छ । पाँच सय ८५ ट्र्याक्टर चालक कारवाहीमा पर्दा तीन लाख ८४ हजार ५०० राजश्व संकलन भएको बताइएको छ । त्यस्तै ४११ वटा ट्याम्पु र इ–रिक्सा कारवाहीमा पर्दा दुई लाख ४२ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । अघिल्लो आव ट्राफिक प्रहरीले तीन करोड १० लाख ६० हजार राजश्व संकलन गरेको थियो । गत वर्ष ५२ हजार ६२७ सवारी चालक कारबाहीमा परेका थिए । गत वर्ष पनि सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी अर्थात मोटरसाइकल चालक नै कारवाहीमा परेका थिए । गत वर्ष २१ हजार २५३ वटा मोटरसाइकल चालक कारवाहीमा परेका थिए ।
रासस

Logo