काठमाडौं
दरवारमार्गस्थित होटल ल्याण्डमार्कमा सामूहिक बलात्कारको घटनाका मूख्य आरोपी शैलेस कार्की पक्राउ परेका छन् । "/>

दरवारमार्ग सामूहिक बलात्कारका मुख्य आरोपी शैलेस कार्की पक्राउ

दरवारमार्ग सामूहिक बलात्कारका मुख्य आरोपी शैलेस कार्की पक्राउ


काठमाडौं
दरवारमार्गस्थित होटल ल्याण्डमार्कमा सामूहिक बलात्कारको घटनाका मूख्य आरोपी शैलेस कार्की पक्राउ परेका छन् । उनलाई प्रहरीले दरवारमार्गमा हिँडिरहेको अवस्थामा पक्राउ गरेको दरवारमार्ग प्रहरी बृत्तका प्रमुख डीएसपी दानबहादुर मल्लले जानकारी दिए ।

प्रहरीको खोजीमा रहेका मुख्य आरोपी कार्कीलाई मंगलबार साँझ साँढे पाँच बजे पक्राउ गरिएको हो । पक्राउ परेका कार्कीलाई महानगरीय प्रहरी परिसर बुझाइ सकिएको छ । घटनामा संलग्न कार्की पक्राउ परेपनि विकास गौतम, दिपक श्रेष्ठ र रवि पौडेल अझै फरार छन् ।

माघ पहिलो साता दरबार्गस्थित होटल ल्याण्डमार्गमा प्रेमीसँगै बसेकी युवती प्रेमी सहित ४ युवाको सामूहिक बलात्कारमा परेकी थिइन् । युवतीले दरबारमार्गको प्रहरी वृतमा बलात्कृत भएको उजुरी दिएकी थिइन् । प्रहरीले मुद्दा दर्ता नगरी लेनदेनमा घटना मिलाउन खोजेपछि यो घटना बाहिरिएको थियो । उक्त घटनाको छानविनका लागि काठमाडौं प्रहरी परिसरका एसपी रामदत्त जोशीको नेतृत्वमा छानविन समिति गठन भएको थियो ।

आर्थिक लेनदेनमा सामुहिक बलात्कारको मुद्दा मिलाउन खोज्ने दरबारमार्ग प्रहरी वृतका तत्कालिन डीएसपी तिलक भारती छानविनका क्रममा प्रहरी परिसर काठमाडौं तानिएका थिए । उक्त घटनामा संलग्न प्रहरी निरीक्षक लक्ष्मण ठकुरी घटनासँगै मुछिएका वृतका मुद्दा शाखा प्रहरी नायव निरीक्षक चन्द्र भण्डारीलाई निलम्बन गरिएको थियो ।
नागरिकबाट

Logo