भैरहवा
आर्थिक विवादमा मुछिँदै आएको लुम्बिनी विकास कोष यसपटक नक्कली टिकट विवादमा परेको छ । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिर प्रवेश गर्ने टिकट नै नक्कली फेला परेको छ । "/>

मायादेवी मन्दिरमा प्रवेश गर्न नक्कली टिकट !

मायादेवी मन्दिरमा प्रवेश गर्न नक्कली टिकट !


भैरहवा
आर्थिक विवादमा मुछिँदै आएको लुम्बिनी विकास कोष यसपटक नक्कली टिकट विवादमा परेको छ । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिर प्रवेश गर्ने टिकट नै नक्कली फेला परेको छ । मायादेवी मन्दिर प्रवेशका लागि कोषले लुम्बिनी संरक्षण शुल्क बापत तेस्रो मुलुकका नागरिकलाई प्रतिव्यक्ति २ सय रुपैयाँको टिकट तय गरेको छ । फागुन २७ गते थाई पर्यटक मायादेवी मन्दिर प्रवेश गर्ने क्रममा टिकट जाँच गर्दा नक्कली भएको खुलेको हो ।

कोषका कर्मचारी, टिकट जाँच गर्ने सुरक्षा निकायको मिलेमतोमा नक्कली टिकटबाट पर्यटक मायादेवी मन्दिरमा प्रवेश गर्दै आएको स्थानीयको दाबी छ । पर्यटकसँग नक्कली टिकट भेटिएपछि कोषले थाई पर्यटकको भारतीय पथप्रदर्शक (गाइड) , स्थानीय दुई जना ट्याक्सी चालक र कोषको राजस्व शाखामा कार्यरत एक जना कर्मचारी गरी चार जनालाई प्रहरीको जिम्मा लगाएको थियो । इलाका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षेत्रीले उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरे पनि घटनाबारे केही नखुलेकाले रिहा गरी अनुसन्धान भइरहेको भन्ने ‘तयारी प्रतिक्रिया’ दिएर पन्छिए । घटनाको अनुसन्धान नगरी प्रहरी निरीक्षक क्षेत्रीले घटनालाई थामथुम पार्न खोजेको सरोकारावालाको आरोप छ ।

थाई पर्यटकको साथबाट नक्कली टिकट भेटिएको लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले बताए । ‘पर्यटकको साथबाट नक्कली टिकट भेटिएको जानकारी पाएपछि यसबारे आवश्यक छानबिन गर्न जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र इप्रका लुम्बिनीलाई पत्राचार गरेका छौँ’, उनले भने, ‘१ सय ५६ वटा नक्कली टिकट भेटिएपछि कोषका कर्मचारी सहित ४ जनालाई प्रहरीको जिम्मा लगाएका थियौँ । त्यसपछि प्रहरीले के गर्दै छ थाहा भएन ।
अन्नपूर्णबाट

Logo