कुन देशमा फष्ट डेटमा के गर्न पाईन्छ

कुन देशमा फष्ट डेटमा के गर्न पाईन्छ


पहिलो डेटिङमा जाने भावना मनमा आउना साथ धेरैको मनमा अव के गर्ने, कस्तो लुगा लगाउने, के भन्ने जस्ता कुराहरु मनमा लगातार खेल्न थाल्छ । यो वाहेक आफु डेटमा जान लागेको केटा वा केटी कस्ता छन् । उनको भावना कस्तो छ भन्ने कुरा पनि मनमा द्धिभिदा गर्ने किसिमले आउने गर्छ ।

पहिलो पटक डेटिङमा जाने युवा/युवतीहरुको मनोदसा नबिग्रियोस भनेर धेरै देशले पहिलो डेटिङमा केही लचिलो कानूनहरु बनाएका छन् । यो नियमको फाइदा उठाउन सकेमा धेरैको पहिलो डेटिङ यादगार समेत हुने छ ।

फ्रान्समा गालामा चुम्बन गर्न पाईन्छ
यदी तपाई फ्रान्समा कुनै युवतीसंग पहिलो डेटिङ गर्दै हुनुहुन्छ भने तपाईले डेटिङमा गालामा चुम्बन गर्न पाउनु हुन्छ । डेटिङमा जाने युवायुवती दुबैले दुबै गालामा दुई पटक चुम्बन गर्न पाउछन् । यसरी चुम्बन गर्दा भने पहिला बायाँ गालामा गरेपछि बल्ल दायाँ गालामा गर्न पाईन्छ । यसरी पहिलो डेटमा जाने युवा र युवतीले आफ्नो पहिलाको प्रेमी वा प्रेमीका भने लैजान पाउदैन । डेटमा रहदाँ दुबैले गरेको खर्च बराबर रुपमा दुबैले तिर्नुपर्छ ।

स्पेनमा पहिला हेलो भन्नु पर्छ

स्पेनमा पहिलो डेटिङमा जाँदै हुनुहुन्छ भने पहिलो भेटमै हलो सम्बोधन गर्नुपर्छ । अनि बल्ल गालामा चुम्बन गर्न पाईन्छ । यहाँ पनि पहिलो डेटमा पूर्व पार्टनरलाई लैजान पाईदैन । यो वाहेक पहिलो डेटमा राजनीति, पैसा, पूर्व प्रेमी प्रेमिका र धर्मको वारेमा कुराकानी गर्न पाईदैन । यहाँ पनि डेटिङमा भएको खर्च केटा र केटीले बराबर तिर्नु पर्छ । यदी केटा केही उदार हुन चाहेमा बढी तिर्न पनि सक्छन् ।

इटालीमा मदिरा पिउन छुट
इटालीमा पहिलो डेटमा जादाँ एक अर्कासंग कुराकानी मिलोस् भनेर स्वास्थको वारेमा कुराकानी गर्नुलाई राम्रो मानिन्छ । यो वाहेक पहिलो डेटिङमा पूर्व प्रेम, पैसा र राजनीतिको वारेमा पनि कुराकानी गर्न पाईन्छ । पहिलो डेटमा जादाँ तपाईले जति पनि मदिरा पिउन पाउनुहुन्छ । यहाँ पनि फ्रान्स र स्पेनको जस्तै खर्च दुबैले बराबर रुपमा तिर्नुपर्ने नियम रहेको छ ।

बियर अर्डर गर्न पाईन्छ अष्ट्रेलियामा
अष्ट्रेलियामा फष्ट डेटमा जाने क्रममा एउटा गालामा मात्र चुम्बन गर्न पाईने नियम रहेको छ । अष्ट्रेलियामा पहिलो डेटिङ आउटडोर गर्ने चलन अलि बढी रहेको छ । यस्तो अवस्थामा धेरै जना हाईकिङमा जान रुचाउछन् । कोही कोही भने रेष्टुरामा पनि गएर पहिलो डेटिङ गर्छन् । यसरी रेष्टुरामा पहिलो डेटिङमा जाने पुरुषलाई भने वाईनको सट्टा बियर अर्डर गर्न छुट रहेको छ ।

जर्मनीमा अंगालो मारेर हेलो भन्छन्
जर्मनीमा पहिलो पटक डेटिङमा जाने युवा र युवतीले एक अर्कालाई अंगालो हालेर हेलो भन्ने गर्छन् । यहाँ पनि पहिलो डेटिङमा ब्यक्तिगत समस्या र धर्मको वारेमा कुराकानी गर्न नपाईने नियम रहेको छ । पहिलो डेटमा जादाँ युवा र युवतीले यो कुरा मात्र पिउन पाउछन् भन्ने नियम यहाँ छैन । पहिलो डेटमा युवा युवतीले आफुलाई मनपर्ने जुनसुकै मदिरा पदार्थ जति पनि पिउन पाउछन् ।

स्विडेनमा वाईन अर्डर गर्नुपर्छ
स्विडेनमा पनि पहिलो डेटिङमा जाने युवा युवतीले पहिलो भेटमै एक अर्कालाई अंगालो मारेर हेलो भन्ने चलन रहेको छ । यहाँ पहिलो डेटमा पिउने पदार्थ भनेको वाईन मात्र हुन्छ । यहाँ पनि पहिलो डेटिङमा पूर्व प्रेमको वारेमा कुनै पनि किसिमको चर्चा गर्न पाईदैन । यहाँ पहिलो डेटमा रेष्टुरा जानु भन्दा कुनै कफि सप वा कोल्ड ड्रिंसको पसलामा बोलाउने चलन बढी रहेको छ । यसरी बोलाउदा भएको खर्च युवा र युवतीले बराबर रुपमा तिर्ने चलन रहेको छ ।

रुसमा पहिलो डेटमा किस गर्न पाईदैन
रुसमा पहिलो डेटमा चुम्बन गर्न पाईदैन । यहाँ पहिलो डेटमा युवा र युवती भेट्दा सकभर अभिवादनवाट हुने गरेको छ । यदी पहिलो डेटमा युवतीले प्रस्ताव गरिन् र उनले हात अगाडी बढाईन् भने उनको हातमा पुरुषले चुम्बन गर्न भने पाउछ । यहाँ पहिलो डेटको प्रस्ताव जसले राखेपनि उसैले पहिलो डेटमा भएको खर्च ब्योहर्नु पर्छ । तर खर्च गर्ने ब्यक्तिलाई डेटिङ पछि सुरक्षित रुपमा घर भने पुर्‍याउनु पर्ने नियम पनि रहेको छ ।

Logo